काठमाण्डौ – नेपाल चलचित्र कलाकार संघ र बालाजुस्थित सिल्भरलाईन हस्पिटल बिच स्वास्थ्य सहुलियतमा भारी छुट सहितको सम्झौता भएको छ । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला तथा संघका महासचिव सविन श्रेष्ठ र सिल्भरलाईन हस्पिटलका प्रबन्धक डाक्टर अभिषेक राज सिंह बिच असार १९ गते बुधबार एक कार्यक्रमका विच सम्झौता पत्रमा हस्तक्षर भएको छ । बरिष्ठ चलचित्रकर्मी, कलाकार, पत्रकार तथा अस्पतालका कर्मचारीहरुको उपस्थितीमा दुबै पक्ष बिच हस्ताक्षर गरिएको हो ।

सम्झौता पछी कलाकार संघका सदस्यहरुले आफ्नो परिचय पत्रको आधारमा छुट पाउने बताईएको छ । सबै खालको सेवा प्रदान गर्दै आएको अस्पताल गैर नाफामुलक हस्पिटल हो । झण्डै १४ रोपनी क्षेत्रफलमा फैलिएको हस्पिटलमा आईसियु, एनआईआईसियु, सिटीस्क्यान, अर्थोपेडिक, न्युरोलोजी, गाइनोलोजी, ग्यास्ट्रोलोजी, पेडिएट्रिक, कार्डिओलोजी, नेफ्रोलोजी, न्युरोसर्जरी, न्युरोफिजिएट्री, फिजिओथेरापी, इएनटी, इन्टर्नल मेडिसिन, अनेस्थेसिआ, जनरल ल्यापरोस्किपिक, रिडियोलोजीलगायत विभिन्न सुविधाहरु न्युनतम खर्चमा गुणस्तर सेवा प्रदान गर्दै आएको छ ।

कलाकार संघका सदस्यहरुको लागि सिल्भरलाईनले निःशुल्क एम्बुलेन्स सेवा पनि प्रदान गर्ने बताएको छ । उच्चस्तरीय प्रविधि र नयाँ व्यवस्थापन सहित अस्पताल संचालनमा छ ।

बुधबार नेपाल चलचित्र कलाकार संघ र सिल्भरलाईन अस्पताल विच भएको कार्यक्रमको सम्पूर्ण व्यवस्थापन कलाकार तथा निर्माता रविन्द्र सिंह बानियाँ र कार्यक्रम संयोजक तथा कलाकार संघका सदस्य उद्वव प्रसाद भट्टराईले गरेका हुन । कार्यक्रममा बरिष्ठ कलाकारहरु बसुन्धारा भुषाल, भुवन चन्द, चौत्यदेवी सिंह, लय संग्रौला, पुरन जोशी, निर्देशक माधब राज खरेल, बिजयरत्न तुलाधर, शुभाश गजुरेल, उत्तम केसी, राकेश खडका, पल्पसा डंगोल चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी, पत्रकार प्रदिप कार्की, कलाकार आशा भुषाल, सविना कार्की लगायत कलाकार संघका सम्पूर्ण सदस्य तथा पदाधिकारीहरु, चलचित्रकर्मी र हस्पिटल परिवारको उपस्थिती रहेको थियो ।

कलाकार संघका अध्यक्ष मोहन निरौलाले कलाकार संघले धेरै समय विभिन्न हस्पिटलमा छुट पाएपनी औपचारिक रुपमा पहिलो पटक सम्झौता सिल्भरलाईन हस्पिटलसँग भएको बताए । उनले धेरै सुविधा र छुट सिल्भरलाईनबाट पाएको बताए । यस्तै हस्पिटलका निर्देशक डाक्टर अनिमेश जोशीले कलाकार संघका पदाधिकारी र सदस्यहरुलाई सम्झौतामा उल्लेख भएको सेवा बाहेक अन्य विभिन्न व्यवहारिक पक्ष र सेवामा समेत भारी छुट हुने बताए । उनले हस्पिटलमा सबै डाक्टर युवा उमेरका रहेकाले सेवाको लागि गुणस्तरमा पूर्ण प्रतिवद्व रहेको बताए ।

 

 

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र