काभ्रे  – जिल्लाको पनौती नगरपालिकामा मानसिक स्वास्थ्य बहिरंङ्ग सेवा शिविर सम्पन्न भएको छ ।

पनौती नगरपालिकाको समन्वयमा नगरपालिका भित्रका मानसिक स्वास्थ्य उपचारमा रहेका सबै नागरिकहरुलाई कोशिस नेपाल संस्थाद्धारा मानसिक स्वास्थ्य बहिरंङ्ग सेवा शिविर आज (आइतबार)सम्पन्न भएको हो ।

विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोग, पनौती नगरपालिकाको समन्वयमा र कोशिस, राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्बन संगठनको सहकार्यमा मानसिक स्वास्थ्यसम्बन्धि उपचाररत एवं समस्यामा रहेका व्यक्तिहरु लक्षित गरी चलाईएको मानसिक स्वास्थ्य बहिरंङ्ग सेवा शिविर पनौती नगरपालिका वडा नम्बर १ स्थित कुशादेबी स्वास्थ्य चौकीमा संचालन गरिएको परियोजनाकी मनोविद् सिता भण्डारीले जानकारी दिईन ।

उनका अनुसार शिविरमा पनौती नगरपालिका भित्र रहेका मानसिक स्वास्थ्यसम्बन्धि उपचाररत ६६ जना व्यक्तिहरुलाई मानसिक स्वास्थ्य बहिरंङ्ग सेवा शिविरमा चेक जाँच गरी निःशुल्क रुपमा औषधि समेत वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….