काभ्रे – माधव नेपाल समुहको समर्थनबिना बहुमत नपुग्ने स्थितिका कारण प्रधानमन्त्री शेरबहादुर देउवा अप्ठ्यारोमा छन् । आज मात्र नै एमालेले माधव नेपालसहित १४ सांसदमाथि कारवाही गरेको छ ।

हाल प्रतिनिधि सभामा कायम रहेको सदस्य संख्या २७१ छ । यो संख्या अनुसार बहुमत पुर्याउन १३६ सांसद संख्या चाहिन्छ । माधव नेपालसहित १४ सांसद पदमुक्त हुँदा प्रतिनिधि सभाको सदस्य संख्या २५७ मा खुम्चने छ ।

सोझो हिसावले मात्रै संसदीय अंकगणित अघि बढ्ने स्थिति छैन । किनभने एमालेले कारवाहीको सुचीमा राखेका १४ सांसदमध्ये ८ जना समानुपातिकतर्फका छन् । समानुपातिक सांसदलाई हटाएर ओली पक्षले नयाँ सदस्य नियुक्त गर्न सक्ने सुविधा छ ।

समानुपातिकतर्फका खाली ८ स्थानमा ओली पक्षले आफ्ना सांसद थपेको खण्डमा प्रतिनिधि सभामा ६ वटा सिटमात्रै रिक्त हुनेछन् । त्यसवेला कुल सांसद संख्या २६५ रहन गई सरकारलाई बहुमत जुटाउन १३३ जना सांसद जरुरी पर्छ । यसो गर्दा काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसद जोड्दा १३० हुन गइ ३ सांसद अझै अपुग हुनेछन् ।

यी हुन् माधव नेपालसहित १४ जनालाई कारबाही गरिएको एमालेका सांसदहरू
१. माधव नेपाल
२. जीवनराम श्रेष्ठ
३. मुकुन्द न्यौपाने
४. विरोध खतिवडा
५. कृष्णलाल महर्जन
६. भवानी खापुङ
७. मेटमणी चौधरी
८. रामकुमारी झाँक्री
९. कल्याणी खड्का
१०. लक्ष्मीकुमारी चौधरी
११. निरादेवी जैरु
१२. पुष्पाकुमारी कर्ण
१३. सरला यादव
१४. कलिला खातुन

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….