काभ्रेपलान्चोक – चौंरीदेउराली गाउँपालिकामा रहेको कल्याणकारी बहुउद्धेश्यीय सहकारी संस्था लिले आ व. २०७९/८० को समिक्षा तथा २०८०/०८१ को रणनीति तर्जुमा कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा संस्थाको अध्यक्ष लक्ष्मण गौतमले कार्यक्रम गर्नुको उद्धेश्य र पदाधिकारीहरुको क्रियाशीलता, सहकारीको सोच / मन्त्रमा अहिलेको थप आवश्यकता र महत्व सम्बन्धि जानकारी दिदै, व्यवस्थापकले लक्ष्य प्राप्ति सम्बन्धि व्याख्या गर्नु भएको थियो भने संस्थाको सचिवले निर्णय कार्यान्वयनको अवस्थाको व्याख्या गर्नु भएको थियो । सो कार्यक्रममा कर्मचारीको मात्र नभई समितिका पदाधिकारीहरुको पनि स्व मुल्यांकन गर्ने प्रचलनको सुरुवात गरिएको संस्थाका अध्यक्ष लक्ष्मण गौतमले जानकारी दिनु भयो ।

देशभरीका सहकारी संस्थाहरुको ब्यापक नकारात्मक समाचार आइरहेको अवस्थामा समेत सदस्य सेवा, तालिम, तथा सुचना कार्यक्रम बिस्तार गर्दै अघि बढेको यस संस्थाको असार मसान्त सम्ममा गत वर्ष भन्दा ११% वासलात वृद्धि भइ १६ करोड ३७ लाख भन्दा बढी पुगेको छ । भने खुद आम्दानी नाफामा समेत ३७% वृद्धि भएको छ । जगेडा तथा अन्य कोषमा समेत ३ करोडको हाराहारीमा रकम पुगेकोले संस्थाको आर्थिक अवस्था एकदम मजबुत भएको स्पष्ट देखिन्छ । शेयर सदस्य २३०० भन्दा बढी पुगेको कुरा ब्यबस्थापक रुपा दाहालले जानकारी दिनु भयो ।

कार्यक्रममा संस्थाका संचालक, लेखा तथा सुपरिवेक्षण समिति, ऋण उप-समिति, शिक्षा उप-समिति, कृषि- उप समिति र ब्यबस्थापन पक्षका सम्पूर्ण कर्मचारीहरु समेत गरि २१ जनाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….