बनेपा / नेपाल तरुण दल बनेपा नगर कार्यसमिति तथा नेपाल ट्रेड युनियन काग्रेंस बनेपा नगर समितीले केन्द्रीय सदस्यमा मनोनितहरुलाई बधाई तथा सम्मान गरेको छ ।

बनेपामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य निर्वाचित तरुण दल बनेपाका पूर्व अध्यक्ष सुधिर बैद्यसहित केन्द्रीय सदस्य दिल लामा, कुलध्वज तामाङ, स्मिता लामा, संग्रामसिं दोङ, बेलबहादुर तामाङ, रोशन पाण्डे, कमल तामाङलाई बधाई तथा शुभकामना व्यक्त गरिएको हो ।कार्यक्रममा नेपाल तरुण दल काभ्रेका पुर्व अध्यक्ष तिर्थबहादुर पसखल, प्रकाश थापा, हरिबहादुर श्रेष्ठ, राम जोशी, जितेन्द्रमान तामाङ (दावा लामा)लाई सम्मान गरिएको थियो । केन्द्रिय सदस्य निर्वाचित तरुण दल बनेपाका पूर्व अध्यक्ष सुधिर बैद्यलाई नेपाल ट्रेड युनियन काग्रेंस बनेपा नगर समिती र तरुण दलका १ देखि १४ वटै वडा कार्यसमितिले पनि सम्मान गरेका थिए ।नेपाल तरुण दल बनेपा नगर समितीमा मनोनित हुनेलाई कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको थियो ।

 

कार्यक्रममा नेपाली काग्रेंसका केन्द्रिय सदस्य जितजंग बस्नेतले नेपाल तरुण दल नेपाली काग्रेंसको भातृ संगठनको साथ-साथै साथी संगठनको रुपमा अघि बढेको बताए। नेपाली काग्रेंसको विचार , आदर्श, चिन्तनहरु नेपाल तरुण दलले बोकेर अघि बदनु पर्ने बताए । उहाँले युवाहरुमा अझै उर्जाशिल, युवा जोश जागर बढाउनको लागि प्रशिक्षण कार्यक्रम आबश्यक रहेको बताए।पुर्व केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईंले तरुण दलका विगतका योगदानको कदर गर्दै तरुण दलको साथमा आफू सधै रहेको बताए ।प्रदेश महामन्त्री राजु श्रेष्ठले युवा मतदाता आकर्षित गर्ने योजना ल्याउन तरुण दललाई अनुरोध गरे ।पार्टी सकाएर आफू बन्ने गगटो प्रवृती अन्त्य हुनुपर्ने भन्दै उनले पार्टी भित्र अन्तरघातको अन्त्य हुनुपर्ने बताए ।बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री रहेका नेपाली काङ्ग्रेस काभ्रेका सभापति तिर्थ लामाले तरुण दललाई संगठन बिस्तारमा लाग्न निर्देशन दिदै निकट भविष्यमा १ लाख तरुण सहभागी गराएर कार्यक्रम गर्न आवश्यक रहेको बताए ।तरुणहरु अध्ययनशिल र जुझारु हुन आवस्यक रहेको भन्दै उनले त्यस्ता तरुणले नै तर्क र विचार प्रवाह गर्न सक्ने वताए ।

कार्यक्रममा नेपाली काग्रेंसका जिल्ला सचिब माधब ढकाल , बनेपा नगर सभापति महेश कुमार कर्माचार्य, नेता प्रचण्डराज प्रधान ,नेपाल तरुण दल काभ्रेका पुर्व अध्यक्ष प्रकाश थापा, हरिबहादुर श्रेष्ठ, राम जोशी, जितेन्द्रमान तामाङ (दावा लामा), केन्द्रिय सदस्य सुधीर बैध, दिल लामा, स्मिता लामा, कमल तामाङ ,जिल्ला सभापति सुजन लामा, नेविसंघ जिल्ला सभापति अन्जनराज खतिवडा ,तरुण दल बनेपा नगर सचिब सोहिल श्रेष्ठ लगायतका नेताहरुले निर्वाचित केन्द्रीय सदस्यहरुलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रम नेपाल तरुण दल पुर्ब जिल्ला सदस्य बुद्वी कृष्ण घिमिरेले सन्चालन गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला स्तरीय नेताहरु, नेपाल तरुण दल जिल्ला उप-सभापति बिजेन रंजित लगायतका पदाधिकारी, नेपाली कांग्रेस ट्रेड युनियन बनेपा नगर कार्यसमिति सभापति संगम थापा लगायत अन्य पदाधिकारीहरुको उपस्थितिमा नेपाल तरुण दल बनेपा नगर अध्यक्ष बिबेक बैजुको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । सभापतिले कार्यक्रममा उपस्थिति नेतागणहरु , तरुण युवाहरु, पत्रकारहरु ,प्रशासन लगायत सम्पुर्णलाई हार्दिक धन्यवाद आभार व्यक्त गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….