चारित्रिक चेतना हुनका लागि चरित्रशिल हुनुपर्दछ । एउटा कार्यक्षेत्रमा सफल हुनका लागि चरित्रनिर्माण पहिलो खुड्किलो हुनआउँछ । जसरी ठूला–ठूला भवन निर्माणका लागि मजबुत जग हुन अनिवार्य हुन्छ तयसरी नै आफ्नो क्षेत्रमा कुशल नेतृत्व र कार्यका लागि चरित्रनिर्माण मुख्य कुरा हो । यस्तै नेपाल प्रहरीमा एक चरित्रवान, सक्षम तथा कार्यकौशलमा निपुण नाम रहेको छ सन्दीप भण्डारी । संगठनले लामो समयसम्म भावी नेतृत्वको प्रवल दाबेदारको रुपमा प्रस्तुत गर्दै उनलाई लगेको थियो । प्रहरी निरीक्षेकदेखि वरिष्ठ प्रहरी उपरिक्षेक हुँदासम्म उनी कामकै बलमा आफ्नो समूहमा अग्रपंक्तिमा (अक्सर एक नम्बर) मै रहँदै आए । तर, नायव महानिरीक्षेक हुने बेलामा भने राजनीतिक प्रशासनिक शक्ति केन्द्रको रोजाइमा पर्न नसकेर अकल्पनीय ढंगले पछाडि पारिए । योग्यता, क्षमता लगनशीलतामा अब्बल सन्दीप भण्डारीमाथि भएको त्यो अन्यायले सिंगो संगठन नै दुःखी भयो । तर, उनी कति पनि विचलित नभइकन आफ्नो कर्ममा हरपल खटिइरहे ।
डीआइजीबाट एआईजी बढुवा छोटो समयमै हुन जाँदा डीआईजी मै पछाडि पारिएका उनी जीवनमा पहिलोपटक आफ्नो व्याजीहरु भन्दा तल्लो दर्जामै रहन बाध्य भए । अर्थात् डीआईजी बढुवामा भएको अन्याय एआइजी सुरु बढुवामा पनि कायम रह्यो । तर पनि सन्दीप भण्डारीले आफ्नो व्यावसायिकता छोडेनन् । जब उनलाई छुटाउने गुजारिस नै नरहने गरेर एआईजी दरवन्दी खाली भयो तब उनी स्वाभाविक रुपमा एआईजी भए ।
नेपाल प्रहरीकोनिम्ति संयोग वा सौभाग्य भनौं त्यतिबेलासम्म एक भद्र अधिकृत अर्थात् वसन्त कुँवर नेपाल प्रहरीको आइजीपी अनि केही राम्रो गरौँ भन्ने हुटहुटि भएको नेता अर्थात् नारायणकाजी गृहमन्त्री भइसक्नुभएको थियो । अनि उहाँहरूलाई सोचेअनुसार राम्रो गर्न पनि प्रहरीमा योग्य व्यक्ति उचित जिम्मेवारीको सिद्धान्तलाई लागू गर्न सक्ने मानिसले मानव स्रोत विभाग सम्हाल्नु पर्थ्यो । तब नेपाल प्रहरीको प्रायः सबैको सबलता, दुर्बलता बुझेका सन्दीप भण्डारीले मानव स्रोत विभागको जिम्मा पाए ।
जहाँ उनले सदाझैं आफूले सकेको, जानेको राम्रो गरिरहेका छन् । काम गर्ने क्रममा अनेक समस्या झेल्नुपरेपनि उनी निरन्तर अघि बढिरहेका छन् । आफ्नो कतव्र्यमा दृढ छन् । जसका कारण हिजो उनको आलोचना गर्नेहरू आज प्रशंसामा गर्न उत्रिएका छन् । भनिन्छ नि निरन्तर कर्मगर्दै जाउ फलको आशा नगर । सन्दीमा पनि त्यही लागु हुन्छ । हो, उनी निरन्तर कर्म गर्न चाहन्छन् । आफूले पाएको जिम्मेबारी कुशलताका साथ निर्वाह गर्न चाहन्छन् । त्यसैले त उनले कार्यक्षेत्रमा सफलता हात पारेका छन् । प्रहरीमा योग्यता, क्षमताको कदर नहुने बेला बेला गुनासा आउने गरेका भएपनि आफूले त्यो अवधि पार गरेर अघि बढेका भएपनि सन्दीपमा कुनै गुनासो पाइन्दैन । उनी बस खटिइरहेका हुन्छन् आफ्नो कत्वर्यमा । सन्दीप जस्ता व्यक्तित्वहरूका कारण नै नेपाल प्रहरीको अन्तर्राष्ट्रिय छवि धुमिल हुन पाएको छैन । हामीले पनि आफ्नो प्रहरीका काम कत्वर्यलाई शिर ठाडो पारेर सम्मान गर्न सकेका छौ र आम नेपालीको भरोसा यस संस्था प्रति उच्चो छ । त्याग, तपस्या र नैतिकताका एक कुशल उदाहारणीय व्यक्ति हुन सन्दीप ।
आदर्शवान् नै इज्जतदारः प्रहरी स्वयंमा एक नेतृत्वकर्ता हो । जसले समाज सुव्यवस्था कायम गर्न र सङ्गठित पार्न सक्रिय हुन्छ । मेरो-तेरो गर्नु भन्दा पनि प्रहरी सेवामा लागेर म समाज र राष्ट्रलाई के योगदान पुर्याउन सक्छु भन्ने कुरा मा चिन्तनशील हुनुपर्छ । जसले समाज र देशको भविष्य साथै चिन्ता पढ्न सक्छ र संगठनलाई सवल बनाउनुका लागि चहिने अवयवहरूमा आफूलो खरो उतार्न सक्छ त्यो नै आदर्शवान् प्रहरी हो । यस कुरामा सबैले हेक्का राख्ने हो भने अवस्य नै सबैतिर राम्रो हुन्छ । जुन कुरा सन्दीमा पाइन्छ ।