काभ्रेपलान्चोक – आफ्नो जन्म दिनको अवसरमा परेर देबि लामाले दृष्टि बिहिन एक परिवारलाई खाद्यान्न सहयोग गर्नु भएको छ ।

श्रमिक जन उत्थान साकोस बनेपाको प्रबन्धक देबि लामाले आफ्नो जन्म दिनको अवसरमा बनेपा ८ लायकुमा बस्दै आउनु भएको दृष्टि बिहिन कृष्ण बहादुरलाई खाद्यान्न सहयोग गर्नु भएको हो । खाद्यान्न स्वरुप दाल, चामल, मसला, नुन, तेल, साबुन, बिस्कुट लगायतका सामाग्री सहयोग गर्नु भएको थियो ।

समासेवी लामाले कोभिडको समय देखिनै विभिन्न सहयोग गर्दै आउनु भएको छ । दैनिक १ गाँस कटाउदा अरुलाई केही सहयोग गर्न सकिने रहेछ आफ्नो अनुभव सुनाउनु भयो ।

बुवाको सहयोग गर्नुपर्छ भन्ने प्रेरणाले सकेको सेवा गर्ने प्रयत्न गरेको र आउने दिनमा पनि सामाजिक सेवामा लागी रहेने लामाले बताउनु भयो । सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवी युवा नेता, अभियान्ता राजन अधिकारी, सहजीकरण पुरुषोत्तम नेपाल, योग अभियन्ता उद्दव तिमल्सिना, बहिनी बेलि माया लामा र सुनिता लामाको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….