नेपाल प्रहरीका वरिष्ठ सई पुरुषोत्तम नेपालीले नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा र अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को झण्डा सगरमाथाको चुचुरोमा फहराएर किर्तीमानी राखेको भन्दै चौतर्फी सम्मान तथा चर्चा परिचर्चा भईरहेको छ । सोलुखुम्बु निवासी वरिष्ठ सई नेपालीले यही जेठ २ गते सगरमाथाको चुचुरो टेकेका हुन। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेका बरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीलाई सम्मान गरिसकेका छन।

प्रहरी प्रधान कार्यालय नक्शालमा आयोजित विशेष समारोहमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले नेपालीलाई दोसल्ला ओढाई, कदरपत्र प्रदान गरेर सम्मान गरेका हुन् । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आभार सहितको मन्तव्य व्यक्त गर्दै आरोहणमार्फत इन्टरपोलका सदस्य राष्ट्रहरू आपराधिक क्रियाकलापविरुद्ध ऐक्यवद्ध छन् भन्ने सन्देश दिन सफल भएको चर्चा गरेका थिए ।

सोलुखुम्बुको खुम्बु पासाङ गाउँपालिका–२ लुक्ला घर भएका नेपाली नेपाल प्रहरीबाट सगरमाथा चढ्ने पहिलो व्यक्ति हुन् । उनी नेपाली सांगीतिक क्षेत्रमा ‘पुरुषोत्तम सानु’ नामले परिचित छन् । विभिन्न गीत लेखेर उनले दर्जनौं अवार्डसमेत प्राप्त गरेका छन् । सगरमाथा चढ्ने पहिलो गीतकार पनि सानुनै हुन। सामाजिक विकास मन्त्रालय ,कोशी प्रदेशबाट नवोदित भाषा,साहित्य,कला र संस्कृति सम्मान सहित सानुलाई हालै प्रदेश सरकारले हालै पुरस्कृत गरेको छ ।

विडम्वना प्रहरी संगठनको विश्व किर्तीमानी पुरुषोत्तम नेपालीलाई बढुवा गरेर अझै सम्म पुरस्कृत गरिएको छैन। सामान्यतया संगठनलाई विश्व जगतमा समेत फैलाउन योगदान गरेका नेपालीको स्वाभाविक बढुवा भईसक्नु पर्ने सार्वजनिक क्षेत्रवाट चासोका साथ हेरिएको छ। बढुवाको सवालमा वरिष्ठ सई नेपाली भन्छन – ‘मैले प्रहरी संगठनको नामलाई विश्व जगतमा चम्काईसके, प्रहरी संगठनवाट मेरो बढुवा हुनु स्वभाविक हो, संगठनले सोचीरहेको होला, न्याय र सम्मानको सगौरव भागीदारी हु।’

यसअघि विसं २०३१ मा नेपाल प्रहरीको ९ सदस्यीय टोलीले पहिलोपटक ६,९२० मिटर उचाइको टुकुचे हिमाल आरोहण गरेको थियो । – Maryada News बाट

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….