जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकको आयोजनामा जिल्लामा सञ्चालित सहकारी संस्थाहरुका लागि गोएएमएल मा आबद्ध, दर्ता तथा रिपोर्टिंगका लागि सहजिकरण गर्ने उद्देश्यका लागि एक दिने तालम कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ ।
जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्माको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम संघको शिक्षा, तालिम तथा व्यवस्थापन उप समितिका संयोजक ठाकुरनाथ अधिकारीको सभापतित्वमा भएको हो । राष्ट्र बैक वित्तिय जानकरी इृकाईका निर्देशक राजन प्रजापती तथा आइ टि ईन्जिनियर दिपक पराजुलीले सम्पत्ती सुद्दिकरण तथा आतंकबादी क्रियाकलापमा वित्तिय लगानी निवारण गर्नुपर्ने कार्य तथा अपनाउनुपर्ने सावधानी तथा गोएएमएल मा दर्ता तथा रिपोर्टिंग गर्ने व्यवस्था सम्वन्धि बिषयहरुको सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा ४० जना विभिन्न सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा व्यवस्थापकहरुको सहभागिता रहेको छ । कार्यक्रममा आफ्नो धारणा राख्दै संघका अध्यक्ष तथा प्रमुख अतिथी दिलिप शर्माले कार्यक्रमको सुभकामना ब्यक्त गर्नुभएको थियो भने जिल्ला सहकारी संघ लि. ले यस्ता खालका तत्काल सहकारी संस्थाहरुलाई सम्बोधन गर्नुपर्ने कार्यहरु समय सापेक्ष गर्दे अगाडि बढिरहेको जानकारी दिनुभएको थियो । भर्खर चालु आर्थिक बर्ष देखि सूरु गरेको करका दायराहरुका बारेमा जानकारीमूलक कार्यक्रमहरु सञ्चालन गरेको प्रसंग उल्लेख गर्दे हरेक क्रियाकलापहरुमा संस्थाहरुसँग जिल्ला संघ नजिक रहेर कार्य गरिरहेको जानकारी गराउँदै आगामी दिनहरुमा समेत यस्तै खालका कार्यहरु सञ्चालन गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा कोअपरेटिभ मेनेजर्स क्लव काभ्रेका अध्यक्ष मदन बस्नेतको समेत सहभागिता रहेको थियो भने सञ्चालन जिल्ला सहकारी संघ लि का प्रमुख कार्यकारी अधिकृत अनिलकुमार श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा सहभागिहरुलाई स्वागत सहित कार्यक्रमको औचित्य सहित जानकारी संघ लि. का ठाकुरनाथ अधिकारीले जानकारी सहित मन्तब्य राख्नुभएको थियो । कार्यक्रम निकै उपलब्धिमूलक रहेको सहभगिहरुको प्रतिकृया रहेको छ । सहभागिहरुको माग अनुरुप आवश्यकताकमा आधारमा पुन कार्यक्रम गर्न सकिने जानकारी संघका अध्यक्ष शर्माले जानकारी दिनुभएको छ ।