टोकियो ओलम्पिक २०२० मा पुरुष एक सय मिटर फ्रि स्टाइल स्वीमीङमा गौरिका सिंहले प्रतिनिधित्व गरेकी थिइन् ।
सिंहले एक सय मिटरको दूरी १:००.११ सेकेन्डमा पूरा गरिन् । हिट १ मा रहेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहिन् ।
टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडी सहभागी थिए । जसमा एलेक्जेन्डर गाडेगार्ड शाह एलेक्सले मंगलबार नै प्रतिस्पर्धा गरिसकेका छन् । एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाए ।
हिट चरणमा एलेक्सले ५३.४१ सकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन् । तर, एलेक्स हिट चरणबाटै बाहिरिएका थिए । माउन्टेन टिभी बाट