काभ्रे – राष्ट्रिय युवा संघ नेपाल बनेपा नगर कमिटीले जनैपुर्णीको अवसरमा बनेपा ६ गोसाईकुण्डमा लाग्ने मेलामा आउने भक्तजनलाई निशुल्क पानी र जुस बिहान देखी बेलुकासम्म वितरण गरेको छ ।
काभ्रेको बनेपास्थित बुडोलमा रहेको गोसाइकुण्डमा पनि भाद्र पूर्णिमाका दिन विशेष मेला लाग्ने गरेको छ । शारिरीक अस्वस्थ र बालबृद्धाका कारण रसुवाको गोसाइकुण्ड पुग्न नसकेकाले विहानदेखि आएर यहाँ स्नान गर्ने र ब्राह्मणहरुले जनै र डोरी फेर्ने गरेका छन् । जंगलको बीच भागमा अवस्थित यो कुण्डमा गएर स्नान गर्नाले पनि गोसाईकुण्ड गए जत्तिकै हुने किम्बदन्ती छ । जसको कारण निकै भिड लाग्ने गरेको छ । यहीँ अवसरमा राष्ट्रिय युवा संघ नेपाल बनेपा नगर कमिटीले उक्त मेलामा आउने भक्तजनहरु लाई निशुल्क पानी र जुस बिहान देखी बेलुकासम्म वितरण गरेको हो ।
युवा संघले १०० जार पानी, जुस र जिवनजल वितरण गरेको जनाएको छ । संघले ट्राफिक व्यवस्थापनमा स्वयंसेवकको भुमिकामा समेत काम गरेको थियो । उक्त कार्यक्रम बिहान ७ बजे देखी बेलुकी ५ बजे सम्म संचालन गरेको राष्ट्रिय युवा संघ नेपाल बनेपा नगर कमिटी सचीव सविन घिमिरेले जानकारी दिनु भयो ।
परापूर्व काल जबकी गोसाईकुण्डमा मेला लाग्न थालिसकेपछि गोसाईकुण्डमा मेला भरी स्नान गरी जललिन भनी लगिएको एक तिर्थालुको कमण्डलु गोसाईकुण्डमा हराएको र पछि आएर उक्त कमण्डलु अहिलेको बुडोलको गोसाईकुण्डमा भेटिएको कारण त्यही ठाउँलाई गोसाईकुण्डको सहायक रुपमा लिई मेला भर्ने र स्नान गर्ने गरेको पाइन्छ ।
राष्ट्रिय युवा संघ नेपाल बनेपा नगर कमिटका इन्चार्ज मिलन थापा , स-सचिब जीवन भुजेलको सक्रियतामा बनेपा वडा नं.६ स्थित गोसाइकुण्डमा भक्तजनलाई नि:शुल्क पानी तथा जुस वितरण गरिएको थियो ।
राष्ट्रिय युवा संघ नेपाल काभ्रे जिल्ला कमिट सदस्य, खेलकुद प्रमुख सुजन जग रायमाझी, जिल्ला कमिटी कोषाध्यक्ष रमेश बुढाथोकी जिल्ला कमिटी सदस्य बिबेक सेवा, सगुन थापा बनेपा नगर सदस्य हेम राज र महेस थापा लगायतको विशेष भुमिका रहेको थियो ।