काभ्रे फुड फेस्टिभल–२०८० हुने भएको छ । मेलामा सांस्कृतिक कार्यक्रमको साथमा नेवारी सुकुल भोज हुने भएको छ । कार्यक्रम यही भदौ २२ गते र २३ गते शनिबार हुने कार्यक्रम संयोजक श्यामकुमार भालु(मुनाल)ले जानकारी दिए ।
सोमबार पत्रकार सम्मेलन गर्दै कार्यक्रम काभ्रे होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ एवं काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ्ग संघले संयुक्त रुपमा आयोजना गर्न लागेको हो ।
शिथिल रहेको व्यवसायलाई चलायमान बनाउन कार्यक्रम आयोजना गर्न लागिएको काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ्ग संघका अध्यक्ष शिव प्रसाद तिमल्सिनाले बताए ।
कार्यक्रममा पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना र पत्रकार महासंघ काभ्रेका उपाध्यक्ष विनोद कुमार न्यौपानेले मेला व्यवस्थित रुपले मनाउनुपर्ने, मुल्यमा एकरुपता, गुणस्तरिय र सरसफाईलाई प्राथमिकता दिनुपर्ने बताए ।
कार्यक्रम शिष्ट व्यवसायी निर्माण गरी व्यस्त जिवन यापनलाई उत्कृष्ट बनाई आफ्नो कला सस्कृतिको जगेर्ना गर्नको साथै पारिवारीक मनोरञ्जन गराउन आयोजना गरिएको आयोजकले जनाएको छ ।
काभ्रे होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ एवं काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ्ग संघको सल्लाहकार, बनेपा पार्टी भेन्युका संचालक बिबिसी क्लबका अध्यक्ष महेश कुमार कर्माचार्यले कार्यक्रममा बोल्दै
पौराणिक परम्परागत खाना, संस्कृति तथा भेषभुषालाई प्रवद्धन गर्न, ऐतिहासिक, धार्मिक, पर्यटकीय, सामाजिक, भौतिक स्थलहरुको प्रचारप्रसार गर्न फुड फेस्टिभलले अग्रणी भुमिका खेल्ने बताउनु भयो ।
उता होटल व्यवसायी महासंघ नेपालको केन्द्रिय कोषाध्यक्ष कृष्ण कुमार श्रेष्ठले काभ्रेमा हुनलागेको फुड फेस्टिवलमा स्वदेश तथा विदेशमा रहने नेपालीहरुका साथै देशभरका व्यवसायीहरुलाई सहभागी हुनका लागि महासंघले आह्वान गर्ने र व्यवसायीहरुलाई काभ्रे सम्म ल्याउनका लागि अहमभूमिका निभाउँने बताउनु भयो ।
काभ्रे जिल्ला अन्तर्गत रहेका सबै पर्यटकीय, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा व्यवसायिक क्षेत्रहरु समेटेर सो क्षेत्रमा पर्यटकिय विकासको लागि समन्वय गर्न फुड फेस्टिभल कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ ।
स्वच्छ, सफा र हाइजेनिक परिकारहरुको सर्वसुलभ सेवा सामाजिक जमघटका लागि सर्वोत्कृष्ट व्यावस्थापन सहितका होटल पार्टि प्यालेस तथा क्याटरिङ्गहरुको सेवा सुविधा र अपरिहार्यता सम्बन्धि प्रवर्द्धन गर्ने उद्देश्य समेत आयोजकको रहेको छ ।
प्रस्तुत छ काभ्रे होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ र काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ्ग संघको संयुक्त प्रेस विज्ञप्ति
काभ्रे जिल्ला भरमा फैलिएर रहेको काभ्रे होटल तथा रेष्टुरेन्ट व्यवसायी संघमा २०० भन्दा बढी होटेल, रिसोर्ट, गेस्ट हाउसको प्रतिनिधित्व गर्ने आतिथ्य उद्योगको अग्रणी प्रतिनिधि संस्था हो । काभ्रे पार्टी प्यालेस तथा क्याटरीङ्ग संघमा ७० भन्दा बढी पार्टी प्यालेसहरु एकिकृत रुपमा आवद्ध रहेको छ ।
यस संघ काभ्रेका होटल तथा पार्टी प्यालेस व्यवसायीहरुको आधिकारीक संघ हो जसले सम्पूर्ण व्यवसायीकहक, हित, एकता र सहयोगको भावनालाई आत्मासाथ गर्दै आतिथ्यतामा गुणस्तरीयता प्रदान गर्न अग्रणि भुमिका निर्वाह गर्दै आफ्नो व्यवसायीक गतिविधिमा अघि बढ्दै गई रहेको छ ।
समग्र विकासको र पर्यटन प्रवर्द्धनको लागि होटल व्यवसाय तथा पार्टी प्यालेस सेवा भन्ने कुरालाई आत्मसाथ गर्दै व्यवसायीहरुले पर्यटन प्रवर्द्धन मार्फत समृद्ध मुलुक निर्माणमा टेवा पुरयाउने उद्देश्यले यस संस्थाको स्थापना भएको हो ।
व्यवसायिक एकता हाम्रो प्रतिवद्धता, पर्यटन प्रवर्द्धनमा निरन्तर सक्रियता भन्ने मूलनाराका साथ यस संस्थाको विधिवत दर्ता भई बिभिन्न पर्यटकीय क्षेत्रहरुको सम्भाव्यता अध्ययन तथा अवलोकन गर्दै व्यवसायिक कार्यक्रमहरु जस्तै, गोष्ठी, अन्तरक्रिया, बहस जस्ता कार्यक्रमहरु सञ्चालनगर्दै आएको छ ।
काभ्रे जिल्लाको वागमति प्रदेश अन्तर्गत रहेका यस संस्थाले आफ्नो आधिकारिक व्यवसायिक यात्रामा ऐक्यवद्धता जनाउँदै अगाडि बढेको छ । छरिएर रहेका होटल, पर्यटन तथा पार्टी प्यालेसका व्यवसायीहरुलाई एक सूत्रमा बाँध्दै पर्यटनको क्षेत्रमा फड्को मार्नको लागि यस संस्थाले काम गर्दै आएको सर्व विदितै छ । पर्यटन प्रवर्द्धनको पहिलो खुट्िकलोको रुपमा रहेको होटल व्यवसायीहरु आफैँले पर्यटकीय स्थान अनुरुपको होटलहरु सञ्चालन गर्दै आन्तरिक एवं बाह्य पर्यटकहरुलाई आमन्त्रण गर्दै आएको छ । आन्तरिक पर्यटक तथा बाह्य पर्यटकहरुलाई पारिवारिक वातावरणमा घुलमिल गराउँदै व्यवसायिक यात्रा र समृद्ध मुलुक निर्माणमा टेवा पुरयाउनु हामी सबैको कर्तव्य हो ।
जस अनुसार हाम्रो यस काभ्रे होटल तथा पर्यटन व्यवसायी संघ तथा काभ्रे पार्टी प्यालेसले यस काभ्रे जिल्लामा भेला सम्मेलन, गोष्ठी, व्यवसायिक हकहितको विषयलाई उठाउँदै अगाडि बढ्दै आएको छ । यस जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्ने थलोको रुपमा विकास गर्न होटल व्यवसायीहरु आतुर रहेका छन । यसका साथै, होटल व्यवसायलाई विधिवत रुपमा आन्तरिक राजस्व कार्यालयमा दर्ता गराई राज्यलाई कर तिरेर रोजगारीको सिर्जना गर्दै समृद्ध मुलुक निर्माणमा सहयोग गर्दै आइरहेका छौं ।
व्यवसायिक एकता हाम्रो प्रतिवद्धता, पर्यटन प्रवर्द्धनमा निरन्तर सक्रियता भन्ने नाराका साथकाभ्रे होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ र काभ्रे पार्टी प्यालेस तथा क्याटरीङ्ग संघद्धारा सयुंक्त आयोजित यही आउदो २०८० साल भाद्र २२ र २३ गते शुक्रबार र शनिवार को दिनका वहत रुपमाकाभ्रे फुड फेस्टिबल, नेवारी सुकलभोज तथा सांस्कृतिक कार्यक्रम आयोजना हुनगईरहेको र सो कार्यक्रम हरेक महिना काभ्रे जिल्लाका विभिन्न क्षेत्रहरुमा पनि घुम्ती कार्यक्रम अनुरूप आयोजना गरीदै जाने जानकारी गराउन चाहान्छौ ।
यस कार्यक्रम अन्तर्गत हाम्रो देश नेपाल र यस काभ्रे जिल्लामा रहेको स्थानिय उत्पादनका परिकार, मौलिक भेष भुषा सहितको संस्कृतिक परम्परालाई जगेर्ना गर्ने उद्देश्यका साथ सो कार्यक्रम आयोजनागर्न उत्प्रेरित भई स्वातफुर्त रुपमा अघि बढाउदै गई रहेका छौं ।
कार्यक्रमको उद्देश्यः
शिष्ट व्यवसायी निर्माण गरी व्यस्त जिवन यापनलाई उत्कृष्ट बनाई आफ्नो कला सस्कृतिको जगेर्ना गर्नको साथै पारिवारीक मनोरञ्जन गराउन,
पौराणिक परम्परागत खाना, संस्कृति तथा भेषभुषालाई प्राथमिक मूल्याङ्कन गरी प्रवद्धन गर्न,
ऐतिहासिक, धार्मिक, पर्यटकीय, सामाजिक, भौतिक स्थलहरुको प्रचारप्रसार गर्न,
काभ्रे जिल्ला अन्तर्गत रहेका सबै पर्यटकीय, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा व्यवसायिक क्षेत्रहरु समेटेर सो क्षेत्रमा पर्यटकिय विकासको लागि समन्वय गर्न
स्वच्छ, सफा र हाइजेनिक परिकारहरुको सर्वसुलभ सेवा सामाजिक जमघटका लागि सर्वोत्कृष्ट व्यावस्थापन सहितका होटल पार्टि प्यालेस तथा क्याटरिङ्गहरुको सेवा सुविधा र अपरिहार्यता सम्बन्धि प्रवर्द्धन गर्ने ।