काभ्रेपलान्चोक – जिल्ला सहकारी संघ लि. ले आफ्नो स्थापनाकालको ५६ औं बर्ष तथा बार्षिक साधारण सभा बागमती प्रदेशका सँस्कृति, पर्यटन तथा सहकारी मन्त्रि माननीय पुकार महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ । भाद्र २६ गतेका दिन भएको उक्त कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लि. नेपालका अध्यक्ष मिनराज कँडेल, जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतम बिशिष्ट अतिथीको रुपमा सहभागि हुनु भएको थियो ।

पानसमा दीप प्रज्वलन गदैृ उद्घाटन सहित संघको स्थापना दिवसमा केक काटेर सुरु भएको उक्त कार्यक्रममा जिल्ला सहकारी संघले आ. व. २०८०/०८१ मा लिएका नीति तथा कार्यक्रम संघका अध्यक्ष दिलिप शर्माले, आ.व. २०७९/८० को प्रगती प्रतिवेदन सचिव निरन्जन बिष्ट, आर्थिक प्रतिवेदन कोषाध्यक्ष राजन शाक्य, लेखा प्रतिवेदन लेखा सुपरिवेक्षण समितिका संयोजक शम्भूलाल श्रेष्ठले प्रस्तुत गर्नुभएको हो । आगामी नीति तथा योजनामा संघको कार्यक्रमहरु वर्तमान सहकारीमा देखिएका समस्याहरु निराकरण गर्ने उपाय लगायत सहकारीका क्षेत्रमा सम्भावनाका विभिन्न क्रियाकलापहरु समेटिएका छन् ।

जिल्ला सहकारी संघले कार्यक्रममा जिल्ला भित्र दर्ता भई सञ्चालनमा रहेका सहकारीहरुको तथ्यांकीय विवरणहरु संकलन गरेर पुस्तक समेत प्रकाशन गरी विमोचन समेत गरेको छ । जिल्ला सहकारी संघले यस्तो खालको उल्लेखनीय कार्य गरेको ७७ जिल्लाहरु मध्ये पहिलो हुनसक्ने सम्भावना भएको विभिन्न बक्ताहरुले धारणा राखेका थिए । १३ वटै पालिकाहरुमा गइ सहकारीमा संस्थाहरुमा पुगी तथ्यांक संकलन गरिएको संघका अध्यक्ष दिलिप शर्माले बताएका थिए । त्यसै गरी संघले जिल्ला भित्रका अभियानको बृत्त चित्र निर्माण गरी सोही कार्यक्रम मार्फत सार्वजनिकिकरण गरेको थियो । कार्यक्रममा विभिन्न विधामा पुरस्कार तथा सम्मान कार्यक्रम समेत गरेको छ ।

विभिन्न ४ विधामा गरेको सम्मानमा सहकारी अभियन्ता सम्मान संघका पूर्व अध्यक्ष माधव नारायण जोशी, उत्कृष्ट संस्थामा जिल्ला भित्रबाट सामूदायिक बचत तथा ऋण सहकारी संस्था पनौती, उत्कृष्ट कर्मचारी सम्मानमा ज्योती मिर्मिरे बचत तथा ऋण सहकारी संस्थाबाट प्रमुख कार्यकारी अधिकृत गोपाल दाहाल, तथा जिल्ला भित्र रहि सहकारी षेत्रमा कलम चलाउने पत्रकारहरु मध्येबाट अरबिन्द्र गौतमलाई नगद रु.५,०००। सहित दोसल्ला, माला, सम्मान पत्र, टिका सहित सम्मान गरिएको थियो । साथै सोहि अवसरमा जिल्ला भित्रबाट सहकारी क्षेत्रमा डा. को उपाधि हासिल गरी नेफ्सकुनको पुन प्रमुख कार्यकारी अधिकृत हुन सफल डा. सिवजी सापकोटालाई सम्मान तथा बनेपा नगरपालिकाले सहकारी नियमन तथा अनुगमनका क्षेत्रमा १०० प्रतिशत सम्पन्न गरेकोमा नगर प्रमुख शान्तिरत्न शाक्य मार्फत नगर पालिकालाई सम्मान गरेको छ ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी मनित्र पुकार महर्जनले जिल्ला सहकारी संघले गर्दैए आउको विभिन्न कार्यको प्रशंसा गर्दै सहकारी क्षेत्रलाई प्रभावकरी बनाउन जिल्ला सहकारी संघ काभ्रेबाट अन्य जिल्ला संघहरुले समेत सोच्नुपर्ने धारण राख्दै सहकारी क्षेत्रको विकासका लागि जिल्ला सहकारी संघलाई प्रदेश सरकारबाट जस्तोसुकै सहयोग गनैृ प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो भने मिनराज कँडेल राष्ट्रिय सहकारी महासंघका अध्यक्षले जिल्ला सहकारी संघले यस्तै उल्लेखनीय कार्यहरु गरेका कारण पनि यस बर्ष उत्कृष्ट जिल्ला संघका रुपमा पुरस्कृत भएको धारणा राख्नु भएको थियो भने जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमले संघको निर्माण हुदै गरेको भवनको पूर्णताका लागि आफुले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

करिव ३०० जना प्रतिनीधिहरु रहेको सहकभागिता रहेको उक्त साधारणसभामा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, वडा अध्यक्ष हिटलर शाक्य, स्थिरिकरण कोष सञ्चालक सदस्य प्रकाश बन्जरा, प्रस्कुनका अध्यक्ष उद्धव सापकोटा, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, बिषयगत संघका अध्यक्ष तथा प्रतिनीधिहरु, कोअपरेटिभ मेनेजर्स क्लवका अध्यक्ष मदन बस्नेत लगायतको सहभागिता रहेको थियो । कार्यक्रम निकै भब्य र उल्लासपूर्ण रुपमा सम्पन्न भएको थियो । सबै प्रतिवृदनहरु उपर छलफल गर्दै सर्वसम्मत रुपमा बन्दसत्र समेत सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….