रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । सोमबार गाउँपालिकाका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यता तथा कार्यपालिका सदस्य रिता कोईरालाको अध्यक्षतामा सम्पन्न भएको हो ।
शुक्रबार मौलिक संस्कृतिलाई जोगाऔं, भड्किलो विकृतिलाई रोकौं भन्ने मूल नाराका साथमा रोशी गाउँपालिका महिला विकास तथा जेष्ठ नागरिक शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विविधतापूणर् समाजको विभिन्न जातजातिको संस्कार संस्कृति गाउँपालिकाले संरक्षण गर्नु पर्ने बताए । सोही अनुसार गाउँपालिकाले तिज बिशेष कार्यक्रमको आयोजना गरेको जानकारी दिए । सबै जाति समुदायको संस्कार संस्कृतिलाई जगेर्ना गर्ने गाउँपालिकाको नीति रहेको पनि लामाले बताए । गाउँपालिका भित्रको सबै जाती समुदायको धर्म संस्कार संस्कृतिलाई सहिष्णुतापूर्वक मनाउनु पर्ने उनको भनाई छ ।
पछिल्लो समय तिज भड्कीलो भएको गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले बताए । पहिला पहिला तिज गितबाट सन्देश दिने गरेकोमा अहिले भड्कीलो तरिकाले मान्दै आएको बताए । भड्कीलो हैन मौलिक संस्कृतिलाई संरक्षण गर्दै संयमतापूर्वक तिज मनाउनु पर्छ भन्ने सन्देश दिनको लागि पनि तिज कार्यक्रमको आयोजना गरेको वाईबाले जानकारी दिए ।
‘तिजको नाममा बिकृति भित्रीएको छ । नेपाली गित हैन हिन्दी गित बजाएर भड्कीलो नाचहरू आईरकेको छ ।’ उपाध्यक्ष वाईबाले भने, ‘त्यसलाई रोक्नु पर्छ । हाम्रो परम्परालाई निरन्तरता दिनुपर्छ त्यसकैको लागि पनि आजको तिज कार्यक्रमको आयोजना गरेका हौँ ।’
बिक्रिती तर्फ उन्मुख तिज रोशीमा संयमित तरिकाले मनाएकोमा आफूलाई खुसी लागेको रोशी-६ का वडाध्यक्ष नारायण बहादुर सिवाकोटीले बताए ।
सो कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नं. १२ का वडाध्यक्ष वसन्तकुमार लामा, वडा नं. ११ का वडाध्यक्ष लालकुमार पाख्रिन, निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबीर लामा लगायत गाउँपालिकाका महिला जनप्रतिनिधि, कर्मचारी र स्थानीय महिलाहरूको उपस्थिति रहेका थिए ।