काभ्रे । आदर्श विद्या मन्दिर (एबिएम कलेज) बनेपामा भदौं ३१ गते कक्षा १२ मा यस वर्ष उर्तिण विद्यार्थीको विदाई र नयाँ विद्यार्थीलाई स्वागत कार्यक्रम भएको छ । महर्षी मुदगल सान्दिपनी गुरुकुलका बटुकहरूद्धारा स्वस्तीक वाचन गरेर कार्यक्रमको शुरुवात भएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै बनेपा नगरपालिका उपप्रमुख बिमला सापकोटा दाहालले देशमा राम्रा राम्रा कलेज भएकाले उच्च शिक्षा अध्ययनका लागि विदेश जान नपर्ने बताइन । उनले कक्षा १२ उर्तिण हुने वित्तिकै विदेश नजान सुझाव दिँदै विदेश जानै पर्ने भएमा कम्तीमा स्नातक सकेर जाँदा समस्यामा नपर्ने बताइन । उपप्रमुख दाहालले बनेपामा नै एविएम जस्ता गुणस्तरिय विद्यालय भएकोमा खुशी हुँदै शिक्षा क्षेत्रलाई माथी उकास्न नगरपालिका सधै सहयोगीको भूमिकामा रहने उल्लेख गरिन ।

बनेपा पनौती सडक खण्डमा अवस्थित लोटस बैंकेटमा आयोजित कार्यक्रममा प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले एबिएम बिद्यालयको संक्षिप्त प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा १२ मा यस वर्ष उर्तिण एकसय २८ जना विद्यार्थीलाई थप उच्च शिक्षाका लागि विदाई गरिएको थियो ।

कार्यक्रममा पून्य माविकी प्रिन्सिपल सरस्वती कंडेल, सेन्टलम एकेडमीका अग्नीप्रसाद ज्ञवाली, गोल्डेन शिदार्थ माविका भरतबहादुर केसी, एसओएस स्कूलका प्राचार्य नरेश्वर आचार्य, ड्यिुकवर्क एन्टरनेशनल अर्वाडका मेनेजर रामचन्द्र पराजुली र मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले विद्यालयको प्रगती र उन्नतीका लागि शुभकामना दिएका थिए । कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीले गित तथा नृत्यहरू प्रस्तुत गरेका थिए ।

यस अगाडी विद्यालयमा गठित विद्यार्थी कल्याण परिषद्ले हामी परिवर्तनका लागि नामक विद्यार्थी समूहका पदाधिकारीहरूका लागि बल्थली रिसोर्टमा तालिम कार्यक्रम आयोजना गरेको थियो । शान्ति र नागरिक शिक्षा विषयमा आयोजित तालिमका सहभागिलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….