दिनेश भण्डारी / काठमाडौं
ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २४ औं बार्षिक साधारणसभा आयोजना गरिरहँदा प्रत्येक बर्ष गर्दै आएको सहकारी अभियन्ता सम्मान यस पटक जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्मालाई सम्मान गरेको छ ।
संस्थाको आफ्नै भवन पनौती ६ मा गरेको साधारणसभामा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथी तथा संस्थाका अध्यक्ष उद्धव सापकोटाले खादा, दोसल्ला तथा समान पत्र र नगद सहित सम्मान गर्नूभएको हो । जिल्ला रहेर सहकारी अभियानमा आफ्ना ब्यक्तिगत कामहरुलाई समेत थाती राख्दै सिंगो अभियानको लागि विभिन्न समयमा विविध खालका क्रियाकलापहरु सञ्चालन गर्दै आफ्ना लेख रचना तथा पुस्तक समेत प्रकाशन गर्दै अभियानको लागि योगदान गर्नु भएको ब्यहोरा सहित सम्मान पत्रमा उल्लेख गरिएको छ ।
कार्यक्रममा संस्थाको प्रगती प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । १ अर्ब १८ करोड भन्दा माथि कूल पूँजी रहेको संस्थामा १०) करोड माथिको शेयर पूँजी रहेको छ । संस्था दिन प्रतिदिन शेयर सदस्यहरुको जीविकोपार्जन, आय आर्जन, उत्पादन र बजारीकरणका लागि कार्य गर्दै आइरहेको छ भने यस आर्थिक बर्ष भित्र समेत यस्तै खालका योजनाहरु सहित अगाडि बढी रहेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रामशरण भण्डारीले पनौती नगरपालिकाले सहकारी संस्थाका लागि योजना नै बनाएर अगाडि बढीरहेको र उद्यम विकासका लागि समेत कार्य गर्दै आइरहेको जानकारी गराउँदै आगामी दिनहरुमा समेत जिल्लाको सहकारी अभियान जिल्ला सहकारी संघसँगको सहकार्य अन्य कार्यहरु गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । सम्मानीत हुनु भएका जिल्ला सहकारी संघ लि काभ्रेका अध्यक्ष दिलिप शर्माले हाल सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि जिल्ला सहकारी संघ लागिपरेको उल्लेख गर्दै नौती नगरपालिकाले हाल सहकारी क्षेत्रमा देखिएका र गर्नै पर्ने बिषयमा धारणा राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष, कार्यक्रम सञ्चालन प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले गर्नुभएको थियो भने पनौती नगरपालिकाकी उपमेयर गीता बन्जरा, प्रोसकुनका महासचिव, नेफ्कुनका सिंइ ओ डा. शिवजी सापकोटा, स्थिरकिरण कोष सञ्चालक प्रकाश बन्जरा, कोअपरेटिभ मेनेजर्स क्लव काभ्रेका अध्यक्ष मदन बस्नेत लगायतको उपस्थिती रहेको थियो ।