काभ्रे । होटल रिर्साेट र विदेशमा भविष्य खोज्ने मध्यपहाडी जिल्लाका युवालाई केन्द्रीत गरेर बनेपामा इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट सेन्टर सञ्चालनमा ल्याइएको छ ।

विशेष गरेर सामान्य र मध्यम खालका परिवारका युवालाई समेटेर संञ्चालनमा ल्याइएको इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट सेन्टरबाट हस्पिटालिटीका सबै सेवा लिन सकिने भएको छ ।

विद्यार्थीको उज्वल भविष्यप्रती समर्पित रहेर काभ्रेको बनेपामै हस्पिटालिटी म्यानेजमेन्टको तालिम केन्द्र संचालनमा आएको छ । लामो समयदेखि यही क्षेत्रमा कृयाशिल अनुभवि समुहले बनेपाकै मुटु चार दोबाटोमा बुधबारबाट इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट सेन्टर संचालनमा ल्याएसँगै काठमाडौंसम्म हुने तालिम बनेपामै हुने भएका हुन् ।

सिटिइभिटीबाट मान्यताप्राप्त सो सेन्टर स्थापनासँगै हस्पिटालिटी म्यानेजमेन्टको सम्पुर्ण समस्याको समाधान एकै ठाउँबाट हुने भएका छन् । विदेश जानको लागि अनिवार्य आवश्यक रहेको धेरै तालिम लिनकै लागि काठमाडौंसम्म जाने बाँध्यताको अन्त्यको लागि बनेपामै इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्टको कक्षा संचालन सुरु गरेको केन्द्रका लक्ष्मीराज शाहले जानकारी दिए ।

बुधबार एक कार्यक्रमका बीच तालिमको सुभारम्भ गरिएको छ । बनेपाको मुटु चारदोबाटोमा संचालनमा आएको केन्द्रको स्थापनाको अवसरमा छुट नै छुटको व्यवस्था गरिएको जनाएको छ । यस्तो अवसर पटक पटक नआउने भएकाले मौकाको फाईदा उठाउन सकिनेछ । वेटर, बारिष्टा, कुक, वार टेर्निङ, सुसी, हाउस किपिङ, होटल तालिमका लागि सेन्टरले अनुभवी तथा दक्ष शिक्षकबाट मोटिभेसन विधीबाट गुणस्तरीय तालिम प्रदान गर्ने भएपछि विद्यार्थी प्रभावित भएका छन् ।

हस्पिटालिटी म्यानेजमेन्ट सेन्टरमा तालिमका लागि आवश्यक सामाग्री पर्याप्त मात्रामा उपलव्ध हुने दाबी संचालकको छ । २० बर्षदेखि यही क्षेत्रमा कृयाशिल समुहले स्थापना गरेको हस्पिटालिटी म्यानेजमेन्ट सेन्टर आकर्षक समेत छ । तोकिएको शुल्कभन्दा एक रुपियाँ पनि धेरै तिर्न नपर्ने र विद्यार्थीका लागि सबै सुविधा दिने भएकाले त्यो काभ्रे तथा आसपासका जिल्लाका विद्यार्थीका लागि निक्कै लाभदायक रहेको छ ।

केन्द्रले तालिम सम्पन्न गरि सकेपछी विद्यार्थीहरुलाई, सर्टिफिकेट उपलब्ध गराउने छ । सिटिईभिटी अन्तर्गतको सीप परिक्षण लागि नि सहयोग गर्ने र करियर काउन्सिलइङ गराइने दाबी सो सस्थाको रहेको छ । रेगुलर तालिममा आउनेलाई तथा इन्टर्नशिप र रेगुलर इन्टर्नशिप सक्नेलाई नेपालमै रोजगारी र विदेश रोमनिया, दुबाइ, कतार, कुवेत, टर्की जान चाहानेको लागि आवश्यक सहयोग गरिने शाहले जानकारी दिए । “सामान्य रूपमा काम गर्न सके पनि होटलको व्यवस्थापन कसरी गर्ने, पाहुनाको स्वागत कसरीगर्ने, खानेकुराको व्यवस्थापन कसरी गर्ने भन्नेबारे विद्यार्थीलाई सिकाउने गरिन्छ । सामान्य परिवारमा जन्मिएका विद्यार्थीलाई ज्ञान र सीप हासिल गरी ठूला होटलहरूको व्यवस्थापन गर्ने सपना पुरा सो सेन्टरले गराउने छ ।

प्रायजसो युवाहरू विदेशमा काम पाउन सहज देखेर यस विषयमा आकर्षित भएको पाएको बताउँछन् । उच्च माध्यामिक तहमा सैद्धान्तिक ज्ञान धेरै भए पनि प्रयोगात्मक ज्ञानको कमी हुने भएकाले होटल म्यानेजमेन्टका विद्यार्थीहरूले प्रयोगात्मक ज्ञानका लागि अन्य तालिमहरू लिने गर्छन् ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….