बनेपा- ‘बनेपा महोत्सव–२०८०’ को तयारी अन्तिम चरणमा पुगेको छ।

“हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान” भन्ने मुल नाराका साथ २०८० असोज १९ अर्थात भोलि देखि कार्त्तिक ४ गते सम्म सन्चालन हुने महोत्सवको तयारी अन्तिम चरणमा रहेको मुल आयोजक समितिले जनाएको छ । महोत्सव स्थलमा स्टल निर्माणदेखि, मञ्च सजावट अतिथि आमन्त्रण तथा अन्य कार्यक्रम तय गर्ने लगायतका सम्पूर्ण काम अन्तिम चराणमा पुगेको आयोजकले जानकारी दिएको छ।

महोत्सवको समुदघाटन अघि बनेपा पार्टी भेन्यु देखि महोत्सव हुने स्थान उग्रेश्वर मन्दिर प्राङ्गण सम्म स्थानीय कला संस्कृति झल्कने बाजागाजा नाच , झाकी सहित विभिन्न संघ संस्था , कलेज , क्लबको सहभागितामा र्‍याली हुने महोत्सव आयोजक बनेपा ब्वाइज क्लब (बीबीसी) का अध्यक्ष महेश कुमार कर्माचार्यले जानकारी दिए।

महोत्सवको उद्घाटन भोलि शुक्रवार बिहान ११ बजे हुने अध्यक्ष कर्माचार्यले बताए । महोत्सवमा बिभिन्न बिधाका खेलकुद, गायन , नृत्य ,धिमे बाजा प्रतियोगिताका साथ साथै प्रत्येक दिन राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति समेत रहनेछ । महोत्सव कार्त्तिक ४ गतेसम्म सञ्चालन हुनेछ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….