काभ्रे – मनकामना बचत तथा ऋण सहकारी संस्थाले २८ औं वार्षिक साधरणसभा शनिबार सम्पन्न भएको छ । बनेपा स्थित पञ्चकन्या वैंकुटमा शनिबार साधारणसभा सम्पन्न भएको हो ।

सभाले चालु आर्थिक वर्ष २०७९/ ८० को आम्दानी र खर्चका साथै आगामी आ. बर्ष २०८०/ ८१ को नीति तथा कार्यक्रमहरु समेत पास गरेको थियो ।


नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै वक्ताहरुले बर्तमान अवस्थामा सहकारीहरुमा विभिन्न चुनौती रहेका उल्लेख गर्दै मनाकामना सहकारीले त्यस्तो चुनौतीहरु पार गर्दै ग्रामीण क्षेत्र सम्म सहज रुपमा वित्तय सेवा प्रदान गर्न सकेको बताए ।


सहकारी क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तिहरु अतिथि रहेको कार्यक्रममा पनौती सेवाकेन्द्रलाई उत्कृष्ट सेवाकार्यालयको रुपमा सम्मान गरिएको थियो । साथै साकोसले सेवा कार्यालयका पदाधिकारी लगायत कर्मचारीहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी साकोसले उत्कृष्ट कर्मचारीको रुपमा पनौती सेवाकेन्द्रका वरिष्ठ अधिकृत तथा पनौती सेवाकेन्द्र प्रमुख रमेश घिमिरेलाई सम्मानित गरेको थियो ।

त्यसैगरी कार्यक्रममा उत्कृष्ट कारोबार गर्नैलाई सम्मान गरेको थियो । जसमा उत्कृष्ट ऋणी लक्ष्मी दुलाल र कृष्णप्रसाद ढकाल,उत्कृष्ट बचतकर्ता सानुबाबु तिमल्सिना, यम कुमारी दाहाल र मन्दिरा गौतम सम्मानित भएका थिए । सम्मानित व्यक्तित्वहरुलाई माला दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो ।


सभामा स.स्थाका अध्यक्ष बालकृष्ण दाहालले अध्यक्षको, होमनाथ ढुङ्गेलले सचिवको तथा विदुर प्रसाद घिमिरेले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुुत गरेका थिए । कोषाध्यक्षको प्रतिवेदन अनुसार सैस्थामा हाल ८ हजार ७ सय ६९ जना शेयर सदस्य रहेका छन् । संस्था संग कुल २४ करोड ९९ लाख ३७ हजार ३ सय रुपैंया शेयर पुुँजी रहेको छ भने यस वर्ष संस्थाको खुद नाफा ६ करोड ९ लाख १० हजार ८ सय ६४ रहेको छ । संस्थाले आर्थिक वर्ष ०७९/ ८० का लागि कूल शेयर लगानीयको ७ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….