काभ्रेपलान्चोक – नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति काभ्रेले जाजरकोट भूकम्पबाट प्रभावितको लागि राहत संकलन सुरु गरेको छ । नेपाल विद्यार्थी संघ काभ्रे जिल्ला सभापति नृपेश बादेका अनुसार आज २२ गते बाट राहत सहयोग संकलन सुरु गरेको बताए ।
काभ्रेका विभिन्न व्यक्ति संस्थाहरुसँग सहयोग संकलन गरेर भुकम्प प्रभावित क्षेत्रमा उक्त राहत वितरण गरिने बादेले जानकारी दिएका छन् ।
बादले सम्पुर्ण व्यक्ति तथा संस्था बाट उठाएको रकम सबै ई-स्टेटमेन्टहरू सार्वजनिक गर्ने सेमत जानकारी दिएका छन् ।
बादेले यस भन्दा अगाडि देखि नै २०७२ सालमा गयको बिनासकारी भुकम्प, कोरोना भाइरस कोभिड-19, तराईमा गयको बाढी, सिन्धुपाल्चोकमा गयको पहिरो पीडित, अपांग, आर्थिक रुपमा बिपन्न परिवारलाई सहयोग गर्दै आएका छन् । उनले कतै नगद कतै खाद्यान्न कतै लत्ताकपडा सहयोग गर्ने गरेका छन् ।
हेर्नुस् प्रेस विज्ञप्ति …..