काभ्रेपलान्चोक – गरिमा बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

आज शुक्रबार गरिमा साकोस संस्थाको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।कार्यक्रममा सहकारीका सेयर सदस्यहरूको उपस्थितिमा साधारणसभा सम्पन्न भएको थियो।

संस्थाका अध्यक्ष सुधीर बैधको सभापतित्वमा कार्यक्रम सुरु भएको थियो । कार्यक्रममा सभाकासभा अध्यक्ष सुधीर बैधले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष बुद्धशरण मानन्धरले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संचालन संस्थाको सचीव संगम थापाले गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष सुधीर बैधले भन्नुभयो सहकारीमा सेयर सदस्य बन्नु अगाडि सहकारीको अबस्थाको जानकारी लिएर मात्र सदस्य बन्नुस् अनि मात्र कारोबार गर्ने बानि बसाल्नुस् काभ्रेमा धेरै वटा सहकारीले सेयर सदस्य डुबाएर भागेका छन्। संस्था सामाजिक कार्यमा लागि परेको उदाहरण दिदै अझै धेरै समाजसेवा तिर लाग्ने बताउनु भयो ।

उता लेखा समितीका संयोजक कुमुदा श्रेष्ठले पेस गरेको लेखा समीतिको प्रतिबेदन र कोषाध्यक्ष हरि गोपाल कायस्थले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन साधारण सभाबाट सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । सहकारीमा झण्डै दुई हजार जना सेयर सदस्य रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….