काभ्रेपलान्चोक – लायन्स क्लब अफ काभ्रे बनेपा र लियो क्लब अफ बनेपाको संयुक्त आयोजनामा खुल्ला चेस (बुद्धिचाल) प्रतियोगिता सम्पन्न भएको छ। लियो अफ वनेपाकि प्रेसिडेन्ट लियो प्रतिभा तुलाधरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
लायन्स इन्टरनेशनल ३२५ जिको सेकेन्ड भिडिजी लायन्स बिधान जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । बनेपाको चिया टायम,गोदमचोकमा सम्पन्न प्रतियोगितामा काभ्रे जिल्ला बुद्धिचाल संघ काभ्रेको अध्यक्ष रघुबरचौ प्रधान विशिष्ट अतिथि रहेका थिए ।
खुल्ला बुद्धिचाल प्रतियोगितामा विभिन्न जिल्लाको गरि ४८ जना प्रतियोगीको सहभागिता रहेको थियो । प्रतियोगितामा नवीन कुमार चौधरी प्रथम, अञ्जन श्रेष्ठ दोश्रो, श्रीकृष्ण मानन्धर तेश्रो र हरि ढकाल चौथो भएका थिए ।
उत्कृष्ट बाल खेलाडी निसान तिमल्सिना घोषित भएका थिए भने नयाँ खेलाडीहरु लाई प्रोत्साहन स्वरुप विभिन्न पुरस्कारहरु प्रदान गरिएको थियो ।
प्रतियोगितामा प्रथमलाई ३५ सय ट्रफी र प्रमाणपत्र, दोश्रो लाई २५ सय ट्रफी र प्रमाणपत्र, तेश्रो लाई १५ सय ट्रफी र प्रमाणपत्र र चौथो लाई एक हजारको साथै प्रमाणपत्र वितरण गरिएको थियो ।
प्रतियोगितामा उत्कृष्ट आफ्नो क्षमता प्रस्तुत गर्ने बाल खेलाडीहरु लाई प्रोत्साहन स्वरुप चेस बोर्ड प्रदान गरिएको थियो । कार्यक्रमको प्रविधिमा सहयोग आरबिटर रोशन राज कर्णजितले गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि बिधान जोशीले खेलकुद र खेल क्षेत्रको विकासका लागि लायन्सले विभिन्न जिल्लामा विभिन्न काम गरेको र आउँदा दिन मासमेत उक्त कार्यलाई निरन्तरता अगाडी बढाई राख्ने उनले बताए । बुद्धिचाल जस्तो खेललाई अनुशासित र मर्यादित बनाउन खेलाडीहरुको महत्वपूर्ण भुमिका रहेने बताएका छन् ।
लायन्स क्लब अफ काभ्रे वनेपाका सेकेण्ड भाईस प्रेसिडेन्ट लायन सुरज मकै श्रेष्ठले कार्यक्रममा प्रतियोगिता नियम सम्वन्धी जानकारी गराएका थिए भने लायन्स क्लब अफ काभ्रे वनेपाका फस्टभाईस प्रेसिडेन्ट लायन इश्वर माहाजुले स्वगत मन्तब्य राखेका थिए ।
लियो क्लब अफ काभ्रे वनेपाका प्रेसिडेन्ट रोहन मकै श्रेष्ठ, लियो डिष्ट्रिक सेक्रेटरी लियो अनिस मानन्धर, लायन्स क्लब अफ काभ्रे वनेपाकी प्रेसिडेन्ट सरिता पलाञचोकेले शुभकामना मन्तब्य राखेका थिए ।