शचीतीर्थ त्रिवेणी गुरुकुलको भौतिक पूर्वाधार निर्माण सहयोगार्थ पनौतीको इन्द्रेश्वर मन्दिर प्रांगणमा श्रीमद् भागवत सप्ताह आयोजना गरिएको छ । श्रीमद् भागवत सप्ताहको पुर्व सन्ध्यामा शनिबार विहान कलशयात्रा आयोजना गरिएको थियो ।

पंण्डित अच्युतप्रसाद भट्टराईद्वारा बाचन हुने श्रीमद् भागवत सप्ताहमा मसिंर २३ गतेसम्म हरेक दिन विहान ७ बजे देखि ८ बजेसम्म पूजा हवन, विहान ८ बजे देखि ११.३० सम्म पाठ पारायण र ११.३० देखि ४.३० सम्म कथा बाचन हुनेछ । पंण्डित भट्टराईद्वारा गुरुकुल संचालनार्थ ब्यवस्थापनका लागि कार्य भईरहेको छ । ‘तीन वर्ष अघि देखि ३० जना बालकहरुलाई ६ र ७ कक्षामा गुरुकुल अध्ययन गरिएको छ’– पंण्डित भट्टराईले भने–‘गोरखनाथ डाँडामा गोरखनाथ सतिवन सामुदायिक वन उपभोक्ता समुहले उपलब्ध गराएको ६ रोपनी मध्ये केहि क्षेत्रफलमा निर्माण भईरहेको भवनका निर्माण कार्य तथा गुरुकुल नियमित संचालनका लागि सप्ताह आयोजना गरिएको हो ।’ गुरुकुलको भवन ९० फिट लम्बाई तथा २० फिट चौडाईको दुई तल्ले निर्माण भएको छ ।

पंण्डित भट्टराईको अगुवाईमा निर्माण भईरहेको भवन निर्माण कार्यलाई पूर्णता दिन तथा गुरुकुल नियमित संचालनका लागि सप्ताह आयोजना गरिएको हो । गुरुकुल विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिव जंगम छन् । गुरुकुल मार्फत बालकहरुलाई हिन्दु धर्म सम्वन्धीका ज्ञान सँगै नियमित विद्यालयका पाठ्यक्रमहरु समेत समावेश गराईएको छ । काभ्रेपलाञ्चोक जिल्लामा बनेपा ६ बुडोल, पनौती ५ विन्धबासिनी मन्दिरमा पनि गुरुकुल संचालन भईरहेका छन् ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….