काभ्रेपलाञ्चोक – नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा सोही विद्यालयमा संचालन हुने २९औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८० को प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरीले बुधबार रेफ्रीलाई बल हस्तान्तरण गरी उद्घामटन गर्नुभयो ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक चौधरीले खेलकुदले विद्यार्थीहरूमा सकारात्मक सम्बन्ध स्थापना गरी शारीरिक रूपमा तन्दुरुस्त एवं अध्ययनको दिनचर्यामा अनुशासन थप्दै शैक्षिक क्षेत्रमा राम्रो प्रर्दशन गर्न प्रेरित गर्ने बताउनुभयो । फुटबल नेपाल प्रहरीको पहिचान र इतिहाससँग जोडिएको उल्लेख गर्दै खेलकुदलाई पहिचान, गौरव र आवश्यकताको रुपमा विकास गर्दै लैजानु पर्नेमा उहाँले जोड दिनुभयो । सोही विद्यालयका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक निरन्जन दत्त भट्टले धन्यबाद ज्ञापन गर्नुभएको थियो । उद्घा टन कार्यक्रममा नेपाल पुलिस स्कुल साँगाका विद्यार्थीहरुले नृत्य प्रस्तुत गर्नुकासाथै प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीहरुले मार्च पास गरेका थिए ।

प्रतियोगिता अन्तर्गत आज भएको उद्घागटन खेलमा नेपाल पुलिस स्कुल साँगाको ए टीमले काठमाडौं युनिभर्सिटी हाईस्कुल धुलिखेललाई ५ का विरूद्ध ० गोल अन्तरले पराजित गरेको छ । विजयी टिमको लागि पदम चौलागाई र लक्ष्मण थामीले २-२ गोल र बिराज थापाले १ गोल गरे। लक्ष्मण थामी म्यान अफ् द म्याच घोषित भए। आजै भएको दोस्रो खेलमा बेलर स्कुल बनेपा र ग्रेसल्याड स्कुल साँगाले १-१ गोलको बराबरि खेलेका छन्। प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका ए र बि टीम, नेपाल पुलिस स्कुल धरान र सामाखुसी, सैनिक आवासीय माध्यामिक विद्यालय, सशस्त्र प्रहरी विद्यालय लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १६ विद्यालयका १७ टीमको सहभागिता रहेको छ ।

आजै कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय तहका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रमुखहरु, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….