श्रमिक नेपाल र ईन्द्रेणी सक्षम महिला समूहको आयोजक तथा सह आयोजकमा जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनद्धारा लैङ्गिक हिंसा विरुद्ध समुदायमा सचेतना कार्यक्रम सम्पन्न भयो ।
आज (शनिबार) लैङ्गकि हिंसा विरुद्धको १६ औं दिने अभियान मा १५औं दिन पारेर सस्थाले “ लैङ्गिक हिंसा अन्त्यको शुनिश्चितता – महिला र बालबालिका मा लगानीको एक्यवद्धता, नारा का साथ श्रमिक नेपाल र ईन्द्रेणी सक्षम महिला समूहको आयोजनामा संस्थाका सदस्य तथा पिडितहरु लाई सचेतना कार्यक्रम इन्द्रेणी सक्षम महिला समूह भरतपुर २ को निर्माणाधिन सभा हलमा भएको थियो ।
ईन्द्रेणी सक्षम महिला समूहको अध्यक्ष सुमित्रा भुजेलको अध्यक्षतामा भएको सचेतना कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर २ को वडा अध्यक्ष मनोज रानाभाट , बिशिस्ट अतिथिमा यौनजन्य हिंसा विरोधि साझा अभियान चितवनकी अध्यक्ष बरिष्ठ महिला अधिकारकर्मी संगिता भट्टराई ज्यू , जिल्ला प्रहरी कार्यलय चितवन महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रहरी निरीक्षक सरिता बिस्वकर्मा ज्यू र अतिथिहरुमा जिल्ला प्रशासन चितवन आप्रवासी श्रोत केन्द्रका सूचना तथा परामर्श कर्ता सन्देश अधिकारी ज्यू , मन्जुश्री असाहय संरक्षक केन्द्रका केन्द्रिय अध्यक्ष मन्जु खाड ज्यू , जिल्ला बन महासङ्ग चितवनका कार्यसमिति सदस्य सर्मिला गोले ज्यू , श्रमिक नेपालका सल्लाहकार अनक मगर ज्यू , श्रमिक नेपालकी सहयोगी सल्लाहकार कल्पना खड्का ज्यू , गोरखा चितवन पत्रकार समाजका अध्यक्ष नबिन बाबु मरहट्टा ज्यू , महिला अधिकार का लागि राष्ट्रिय अभियान चितवनका अध्यक्ष बिस्णु अधिकारी ज्यू , नवजागिृति सामुदायिक वनको कार्यसमिति सदस्य सीता उप्रेती ज्यू , इन्जिनियर बिनोद पन्त ज्यू , कल्याणी मगर समुहको अध्यक्ष धनु थापामगर ज्यू , इन्द्रेणी टोल बिकास सस्थाका अध्यक्ष सिमा चौधरी ज्यू लगायत श्रमिक नेपालका सम्पूर्ण सदस्यहरु, पीडित हरु सबै सबैको उपस्थितमा कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको थियो । श्रमिक नेपालको अध्यक्ष सावित्री पौडेल आचार्यले सन्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तब्य श्रमिक नेपालका सल्लाहकार अनक मगर ले दिनु भएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यलय चितवन महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रहरी निरीक्षक सरिता ज्यु ले लैङ्गिक हिंसा भनेको के हो र यसको न्युनिकर र अन्त्य कसरी गर्न सकिन्छ भन्ने बिषयमा प्रशिक्षण दिनु भयो भने वरिष्ठ महिला अधिकार कर्मी सङिता भट्टराई ज्यु ले १६ दिने लैङ्गिक हिंसा विरुद्ध अभियान किन र कहिले देखि मनाउदै आएका छौ र समुदायमा कसरी सचेतना गराउ सकिन्छ हिंसा गर्नु हुदैन हिंसा सहनु हुदैन र हिंसा गर्नेको विरुद्ध प्रतिकार गर्नु पर्छ भन्दै समग्र मा हिंसा रहित समाज निर्माण गरौ श्रम क्षेत्रमा हुने हिंसा समन्धि प्रशिक्षण दिनु भएको थियो ।
महिला बिरुद्दको हिँसा कम गर्ने अभिप्रायले लामो समयदेखि विश्वभर बिबिध कार्यक्रमहरु संचालन हुदै आएको छ । सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोवल लिडरशिप को सहयोगमा विभिन्न २३ देशका महिला अधिकारकर्मी समुहको अगुवाइमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात भएको थियो।
सन् १९९९ मा संयुक्त राष्ट्रसंघले नोभेम्बर २५ को दिनलाई संसारभर नै महिला विरुद्धको हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा स्थापित गरेको थियो । त्यसपछि हरेक २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापी रुपमा मनाउँदै आएको पाईन्छ ।-सान्दार अनलाईन बाट