काभ्रेपलान्चोक – नुवाकोट बेलकोटगढीका २७ बर्षीय उद्धव खतिवडा र धुलिखेलकी २५ बर्षीय लक्ष्मी विसुके विच सामाजिक सञ्जाल फेसबुकमार्फत नै चिनजान भयो । करिब २ बर्ष एक अर्काविच कुराकानी हुँदाहुँदै प्रेम लाई बिबाहमा परिणत गराएका छन् । हिजो ‘अन्तरजातीय’ प्रेमलाई उनीहरुले बिवाहमा परिणत गरी दाम्पत्य जीवन शुरुवात गरेका छन् ।

हिजो उद्धव खतिवडा बैण्डबाजा बजाएर जन्ती लिइ बेहुली लक्ष्मीको घर आएका थिए । लक्ष्मी उद्धवलाई पर्खिरहेकी थिइन् । सनानत वैदिक विधी अनुसार विवाह सम्पन्न भयो ।

पत्रकार भेटघाटमा बेहुला उद्धव खतिवडाले भने ‘ हाम्रो भेट त हाम्रो सामाजिक सञ्जालमा नै भएको हो म विदेशमा नै थिए, सबै कुरा उतैबाट मिलाएर बिवाह गर्ने ठूलै निर्णय गरियो । उता बेहुलीका दाजु सरोज बिसुकेले सामाजिक रुपान्तरणको लागि अरुलाई पनि प्रेरणा होस् भन्नको लागि यस प्रकारको निर्णय गरिएको बताए । यहाँ हामी सबै एकै ठाउँबाट आएका हौँ र जाने ठाउँ पनि एउटै हो । यो कुरा मेरो बहिनी र ज्वाईले बुझ्नु भयो र अन्ततः यो सम्बन्ध कायम हुन पुग्यो । हामी खुशी छौँ ।’

नयाँ जोडीलाई बधाई ज्ञापन गर्न समारोह स्थलमा रहेकी प्रतिनिधीसभा सदस्य रुकमणि राना बराइलीले मानिसको कुनै जात नहुने तर्क गर्दै प्रगतिशील विवाहले समाजको समानता र मानवता ज्युँदो बनाउन सहयोग पुग्ने बताइन् ।

नेपाल उत्पीडित मुक्ति समाजको केन्द्रीय कमिटी सदस्य तथा बागमती प्रदेशको सह–इन्चार्ज सागर मिजार भन्छन्– ‘जातिय विभेद बढ्दो क्रममा छ । यस्तोबेलामा यो विवाहले नयाँ सन्देश र समानता र छुवाछूतविरुद्ध लाग्नु पर्ने सन्देश दिएको छ ।’

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….