काभ्रेपलान्चोक – आर्शु स्मृति प्रतिष्ठानले छैठौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ। आर्शु स्मृति प्रतिष्ठानको आयोजनामा बनेपाको चारदोबाटोमा छैठौं झण्डा दिवस मनाइएको हो।
राष्ट्रिय झण्डा दिवसको अवसरमा बनेपा चारदोबाटोमा चार वटा नै राष्ट्रिय झण्डा राखेर छैठौं झण्डा दिवस मनाएको हो । नितान्त सामाजिक सेवामा रहेको आर्शु स्मृति प्रतिष्ठानले चारदोबाटो चोकमा चार वटा नै झण्डा राखेको छ । प्रतिष्ठान यो कार्यलाई सबै स्थानीयले प्रशंसा गरेका छन् ।
आर्शु स्मृति प्रतिष्ठानका अध्यक्ष सुस्मिता लामिछाने, संरक्षक रुपेश काफ्ले, समाजसेवी, सामाजिक अभियान्ता तथा आर्शु स्मृति प्रतिष्ठानका संरक्षक राजन अधिकारी लगायतको संयुक्त टोलीले बनेपाको चारदोबाटो चोकमा राष्ट्रिय झण्डा दिवस बनाएको छ ।