बनेपा – खानीखोला १ घर बताउने ३८ बर्षिय सोमबहादुर योञ्जनलाई बनेपाबाट उद्धार गरिएको छ । सामाजिक अभियान्ता राजन अधिकारीको नेतृत्वमा ईलाका प्रहरी कार्यालय बनेपाले उद्धार गरी मानव कल्याण समाज सेवा घर धुलिखेलमा पठाईएको छ ।

सोमबहादुर बनेपा तथा आसपासका विभिन्न स्थानमा बेवारिसे अवस्थामा बस्दै आएका थिए । बेवारिसे अवस्थामा फेला परेका सोमबहादुरलाई जाडोको समयमा न्यानो तथा आश्रयका लागि मानव कल्याण समाजको सेवा घरमा पठाईएको हो ।

सडक मानवहरुको उद्धार र उपचार पछि पुर्नस्थापना गर्दै आएको उक्त सेवा घरमा ५० भन्दा धेरै ब्यक्तिहरुले आश्रय लिईरहेका छन् । प्रहरीले सोमबहादुरका आफन्त भएमा मानव कल्याण समाजको सेवा घरमा तथा प्रहरी कार्यालयमा सम्र्पक गर्न पनि अनुरोध गरेको छ ।

पछिल्लो समय सडकमा मानवहरु आउने क्रम तिब्र बन्दै गएको छ । बेवारिसे ब्यक्तिहरुको उद्धारमा खटिएका अभियान्ताहरुले ब्यक्ति सडकमा आउनु पर्नाको कारण पत्ता लगाई आफन्त र राज्यका निकायहरुले उनिहरुको संरक्षण तथा पुर्नस्थापर्ना गर्नु पर्नेमा जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….