सामाजिक सेवा गर्नका लागि मन त हुने नै भयो । समाजसेवा गर्न तन मन र धन चाहिने रहेछ । हरेक मानिस सुखमय जीवनशैलीका लागि दिन रात दौडिरहन्छन् । समाजमा त्यस्ता मानिसहर पनि भेटिन्छन् । जो समाजका लागि दौडने गरेको पाईन्छ । र, जो समाज र देशका लागि दौडन्छन्, उनै मानिस महान हुन् । समाजका लागि अनवरत रुपमा दौडनेमध्येका एक व्यक्ति हुन्, राजन थापा ।
काठमाडौंको साङ्ला ५ हालको तारकेश्वर नगरपालिका १ मा माता सुन्तलि थापा र पिता रामकृष्ण थापाको कोखबाट जन्म लिएका थापा बाल्यकाल देखि नै सामाजिक काममा सक्रिय छन् । एक दशकदेखि निरन्तर समाज रूपान्तरणको काममा लागीरहेका समाजसेवी थापाले महामारी भुकम्पका बेला काभ्रे, गोर्खा नुवाकोट जस्ता बढी क्षति भएको जिल्लामा आफैं उपस्थित भई कपडा, जस्तापाता, खाद्यान्न, औषधि लगायत सामाग्री वितरण गरेका थिए ।
यसैगरी, समाजसेवी थापाले कोरोनाको समयमा पनि आफ्नो ज्यानको प्रभाव नगरि उपत्यकाका विभिन्न अस्पतालमा पुगि हजारौंको ज्यान बचाउन सफल भएका थिए । कोभिड १९ संंक्रमित भएकालाई साथ दिन र सहयोग गर्न हरेक दिन विभिन्न अस्पतालमा पुगि बेड आईसियु, भेन्टिलेटर जस्ता अति महत्त्वपूर्ण स्वास्थ्य सामाग्रीको व्यवस्थापन गराउन मदत गर्नुका साथै , घरमा रहेका एवम् अस्पतालमा भएका बिरामीको स्वास्थ्य अवस्थाको बारेमा बुझि बिरामिलाई अस्पताल पुय्राउने काम समेत उनले गरेका थिए ।
उपत्यकाका तीनै जिल्लाका सबै अस्पतालका सञ्चालक समितिसँग समन्वय गरेर आफ्नो सम्पर्कमा आएका कोरोना संक्रमितहरुलाइ उपचारको प्रबन्ध समेत मिलाएका समाजसेवी थापाले उपत्यकाका मानिसहरुलाई खाना बाँड्ने र सडकमा भेटिएका भोकाहरुलाई पनि जहाँजहाँ भेटिन्छन् त्यही खानाको ब्यवस्था गरेको र औषधि नपाई छट्पटीका हरुलाई औषधि र सिलिन्डर उपलब्ध गराएको र घरमै आईसोलेसनमा बसेकाहरुलाई पनि आफुहरुले सहयोग गरेको समाजसेवी थापा सम्झिन्छन् । साधारण परिवारमा जन्मिएका थापा एक दशक भन्दा लामो समयदेखि समाज सेवामा लागिरहेका छन् । थापा धन सम्पत्तिको कुनै लोभ राख्दैनन् । कुनै पनि क्षेत्रमा सफलता हात पार्न आफूलाई इच्छा लागेको विषय रोज्नुपर्ने उनको धारणा छ । यसका लागि आत्मविश्वासका साथ मेहनत गरेर अघि बढ्नुपर्छ ।
समाजसेवी थापा भन्छ्न “यसरी परोपकारी तथा मानव सेवामा लगाएको समय खेर जादैन, यसले धर्म त हुन्छ नै आत्मसंन्तुष्टी पनि मिल्नेछ भन्ने हेतुले सामाजिक कार्यमा जुटेको हो । बिपत को बेलामा आफूसंग हुनेले दिने, नहुनेले मागी खाने हो । त्यसैल आफू सक्दो सहयोगमा सबै जना जुटिदिए मानव जातीमा गरेको यो अबस्थाको लगानी खेर जाँदैन । उहांँहरुलाई हाम्रो सानो सहयोगले खान पुग्छ, चुलो बल्छ, पेट भरिन्छ भने त्यो भन्दा अनगिन्ती खुशी अरु हुन सक्दैन जस्तो मलाई लाग्दछ।”
मेरो स्वभाव सानैदेखि सहयोगी हो । बालापनमा दुःखको त्यस्तो अनुभूति गरिएन । तर अरुको दुःख देखेर भने मनमा एक खालको पीडा भइरहन्थ्यो । त्यस्ता व्यक्तिहरूलाई सहयोग गर्न पाए हुन्थ्यो भन्ने लागि नै रहन्थ्यो । उनीहरूले खानलाउनकै लागि मात्र पनि गरेको दुःख देख्दा नरमाइलो लाग्थ्यो । उनीहरूका ती दुःखहरू देख्दा मैले कसरी उनीहरूलाई सहयोग गर्न सक्छु होला भनेर सोचिरहन्थे । त्यसैले पनि मलाई भविष्यमा जागिर खानुपर्छ भन्नेतर्फ भन्दा समाजसेवा गर्नुपर्छ भन्नेमा ध्यान जान थाल्यो । कमजोर आर्थिक अवस्था भएका समुदायमा सहयोग गर्ने एक खालको हुटहुटी म मा सानै उमेरदेखि थियो । अहिले लाग्छ बाल्यकालमा मैले त्यो परिवेश देखेर जे सोचेको थिए । त्यही काम गरिरहेको छु । मैले अझ धेरै गर्न बाँकी त छदैँ छ । प्रस्तुत छ उनै समाजसेवी, सामाजिक अभियानता राजन थापासँग नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले गरेको विशेष कुराकानी ;
० समाजसेवा नै नगरेका व्यक्तिहरु पनि म समाजसेवी हो भन्दै हिड्ने गरेका छन् नि ?
सबै मानिसहरु त्यस्ता छैन्न । कोहि धन भएर समाजसेवामा आएका छन् भने कोहि मन भएर आएका छन्। धन नभएकाले पनि समाजसेवा गर्न सक्छन्। पछिल्लो समय समाजसेवाका क्षेत्रमा धेरै व्यक्ति – व्यक्तित्वहरू जोडिने क्रम बढेको छ । आफूसँग भएको रकमबाट खर्च कटाएर दिनदुःखीहरूलाई सहयोग गर्ने परिपाटी फेरिएर मध्यस्तकर्ता बनेर पनि सहयोग गर्ने प्रचलन बढ्दै गएको छ । कतिसम्म भने आफूले एक रुपैयाँ पनि समावेश नगर्ने तर अरुसँग पैसा उठाएर लक्षित वर्गलाई सहयोग जुटाउने क्रम पनि तीव्र बन्दै गएको छ ।
० प्रचारप्रसारको लागि पनि आउने क्रम बढदो छ नि ?
हो कोहि साच्चिकै पैसा पुगिसकेर अब म दिनदुखीको सेवा गर्छु भनेर आउनेहरु पनि छन् । कोहि धन नभएका तर खुल्ला मन भएकाहरुले पनि समाजसेवा गरिरहेका छन् । क्यामरा अगाडि महान् समाजसेवी कहलाउने र पेसा एवं व्यवसाय नै छाडेर समाजसेवालाई पूर्णकालीन बनाउँदै जाने पनि छन् । यदि यसो हो भने हाम्रो परम्परा र संस्कृतिमा रहेको समाजसेवा विकृत, बदनाम हुँदै जाने कुरामा दुईमत छैन । सहयोगमा पारदर्शिता वितरणमा निष्पक्षतामा आधारित समाजसेवाको प्रर्वद्धन गर्ने तपाईंहरुको जरुरी छ ।
० समाजसेवामा कसरी लाग्नु भयो ?
म सानो उमेर देखि नै सबैलाई सहयोग गर्नु पर्छ भन्ने भावनाको व्यक्ति हुँ । स्कुल जिबन देखी नै साथी भाइहरुलाई मैले सकेको सहयोग गर्दै आएको थिए । पछि बिस्तारै सामाजिक संघ संस्थाहरु सँग आबद्ध हुँदै आफुले जति सकिन्छ त्यति सहयोग गरिरहेको छु । बेसाहारा, टुहुरा बालबालिकाहरुलाई उद्दार गरेर सहयोग गर्ने गरेको छु । आर्थिक अभावका कारण गम्भीर स्वास्थ्य समस्या भएकाहरुलाई आर्थिक सहयोग सके जति गरेको छु।
० सामाजिक सेवाका लागि आर्थिक स्रोत कसरी व्यवस्थापन गर्छ ?
समाजसेवा गर्ने प्लेटफर्ममा धनीहरूमात्रै हुन्छन् भन्ने कुरा बिलकुल गलत विश्लेषण हो । अर्को सत्य कुरा के हो भने समाजसेवाका लागि धनी भएर मात्रै पुग्दैन, समाजसेवाका लागि त मन ठूलो कुरा हो । त्यसकारण मन भएकाहरूले नै आज समाजमा समस्या परेका सबैलाई सहयोग गर्दै आएका छन् । पैसाको योगदानले मात्रै समाजसेवा पूर्ण हुँदैन,धन नहुनेहरूले फिल्डमा खटेर पनि समस्यामा परेकाहरु लाई सहयोग गर्न सक्छन् । एउटा धन नभएको व्यक्तिले अर्को धन र मन भएको मानिसलाई समाजसेवामा जोड्न सक्छ । त्यसकारण मेरो विचारमा आर्थिक श्रोत ठुलो कुरा होइन सबै सँग मन हुनुपर्छ।
० समाजसेवाबाट कत्तिको आत्मसन्तुष्टि मिलेको छ ?
जति गर्न सकियो त्यसमा म सन्तुष्ट नै छु । सहयोग प्राप्त गर्नेहरू पनि म लगायत म आबद्ध संघसंस्थासँग खुशी रहनुभएको पाएका छौँ । जसले सहयोग प्राप्त गर्नुभयो उहाँहरूले थप अरुलाई पनि सहयोगको खाँचो छ भन्दै सिफारिस गर्नुहुन्छ त्यसबाट हामी अझ उत्साहित भइरहेका छौँ भने हामीबाट सहयोग लिनुभएका स्वयम् व्यक्तिहरू पनि एक हिसाबले समाजसेवी बन्नुभएको छ ।