राष्ट्रिय सहकारी महासंघको संचालक समिति सदस्यमा काभ्रेका सुमन नेपाल निर्वाचित भएका छन् । राष्ट्रिय सहकारी महासंघको ३१ औ साधारण सभाबाट नेपाल संचालक समिति सदस्यमा निर्वाचित भएका हुन् । देशभरबाट चुनिने चार खुल्ला सदस्य पदका लागि नेपाल सहित ७ जनाको उम्मेदवारी दर्ता भएको थियो ।
लामो समय देखि कृषि र कृषि सहकारी मार्फत शेयर सदस्यहरुको जीवन स्तर उकास्न महत्वपूर्ण योगदान पु¥याउँदै आएका सुमन नेपाल सहकारीका सदस्यहरु बीच परिचित नाम र अनुहार हो ।