काभ्रेपलाञ्चोक जिल्ला बनेपा न.पा.-७ मा अवस्थित लोटस इभेन्ट एण्ड रिसेप्सन प्रा. लि. लाई जिल्लाकै एक उत्कृष्ट इभेन्ट म्यानेजमेन्ट भेन्युका रूपमा परिचित गराउने उदेश्यले कार्यक्रम भएको छ।
करिब ९ रोपनी क्षेत्रफलमा नेपाली मौलिक कलासंस्कृति झल्कने १०,००० वर्गफीटको सुविधा सम्पन्न हल तथा सबै संरचनाहरु भुकम्प प्रतिरोधी विधि तथा प्रविधिबाट तयार गरिए र एकै समयमा २,५०० जनालाई सेवा उपलब्ध गराउन सक्ने भौतिक संरचना रहेको बताइएको छ।
खाध स्वच्छता (खाना सुरक्षा) का सबै नियम पालना गर्दै गुणस्तरीय खाना तथा पेय पदार्थ (बेभरेज) को सेवा प्रदानका लागि योग्यताप्राप्त सेफसहितको टीम र सोही अनुसारको किचेनको व्यवस्था रहेको जनाइएको छ । भेन्युमा एकैसाथ १०० बटा कार तथा जीप र २०० बटा मोटरसाईकल पार्किङ्ग क्षमता रहेको छ।
जिल्लामा रहेका विभिन्न जात-जातीका धर्म, संस्कृतिमा आधारित सेवाग्राहीहरुको आवश्यकता अनुसारका सम्पूर्ण सेवाहरु जस्तैः निमन्त्रणा कार्ड, फोटोग्राफी, भिडियो र स्टिल क्यामेरा, व्याण्ड-बाजा, पुरोहित, ड्रेस डिजाईन, मेकअप आर्टिस्टमावि उपलब्ध गराई यी सेवाको पूर्ण जिम्मेबारीका साथ बजार सुहाउँदो मूल्य लिने गरेको बताइएको छ ।
संचालक रामईन्द्र न्यौपानेका अनुसार जिल्लाकै उत्कृष्ट ‘इभेन्ट म्यानेजमेन्ट भेन्यु’ का रुपमा स्थापित गराउने उदेश्यले लोटस इभेन्ट एण्ड रिसेप्सन प्रा.लिको शुरुवात गरिएको छ । ‘जिल्लाकै एक उत्कृष्ट, गुणस्तरीय इभेन्ट, सभा सम्मेलन, गोष्ठी, मेलाजस्ता कार्यक्रम आयोजना गर्ने उपयुक्त गन्तब्य बनाउने उदेश्य छ’–संचालक न्यौपानेले भने ।