प्रभावकारी कर्जा असुली सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ। शुक्रबार बनेपाको पार्टी भेन्युमा काभ्रेपलान्चोक बहुउद्देश्यीय सहकारी संघ लिमिटेड र राष्ट्रिय सहकारी बैक लिमिटेड काभ्रेको संयुक्त आयोजनामा कर्जा असुली सम्बन्धि तालिम सम्पन्न भएको हो।
काभ्रेपलान्चोक बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको अध्यक्ष बिधान जोशीको सभापतित्वमा, बनेपा नगरपालिका नगर प्रमुख शान्ति रत्न शाक्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ।
प्रभावकारी कर्जा असुली सम्बन्धि एक दिने तालीममा सिन्धुपाल्चोक, भक्तपुर, काभ्रे र काठमाडौं गरि ५६ जना सहकारीका संचालक र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।राष्ट्रिय सहकारी बैकका प्रशिक्षण शाखाको प्रशिक्षक बल्ल सापकोटाले प्रशिक्षण दिनु भएको थियो । पछिल्लो समय सहकारीमा देखिएको समस्यहरु मध्यको एक हो कर्जा असुली सहकारीहरुले लगानी गरेको ऋण तिर्न बचत कर्ताहरुले अटेर गरे पछि झनै सहकारी समस्य बिकराल हुँदै गयको अवस्थामा कसरी ऋण असुली गर्न सकिन्छ भन्ने सम्बन्धि एक दिने तालीम दिएको सभापति बिधान जोशिले बताउनु भयो ।
कर्जा कसरी उठाउने, कर्जा लगानी गर्दा सहि ढंगबाट गर्नु पर्ने, बचत फिर्ता गर्न समस्या, कानुनी जटिलता, कर्मचारी अभाव, सहकारी सम्बन्धि विश्वसनीयता सम्बन्धि तालिममा समेटिएको थियो । राष्ट्रिय सहकारी बैंक काभ्रे बनेपाको शाखा प्रबन्धक उप्रेन्द्र दाहालले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा काभ्रेपलान्चोक बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको सचीव योगराज दाहाल, संचालक मन्जु घिमिरे लगायत राष्ट्रिय सहकारी बैक काभ्रे बनेपाको पदाधिकारी र कर्मचारीको उपस्थिति रहेको थियो ।