राष्ट्रिय सहकारी महासंघको संचालक समितिको एक टोलीले आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीसँग समसामायिक विषयमा छलफल गरेको छ ।
मन्त्रालयका सचिव दुवाडीले सहकारी अभियानसँग हातेमालाे गर्न तयार रहेकाे बताउनु भयाे । महासंघका अध्यक्ष ओमदेवी मल्लको नेतृत्वको सो टोलीमा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेल, उपाध्यक्षहरु डिबी बस्नेत, इन्दिरा पन्त, संचालकहरु टेकप्रसाद चौलागाई, परितोष पौड्याल, सुमन नेपाल हुनुहुन्छ । सो टोलीमा महासंघका नायव महाप्रबन्धक बाबुल खनाल समेत हुनुहुन्थ्यो ।
सहकारीमा देखिएका समस्या समाधानका लागि गर्नुपर्ने कार्यहरुको विषयमा छलफल भएको थियो । महासंघका अध्यक्ष मल्लले सहकारी क्षेत्रका विषय तथा माग बुँदागत रूपमा राख्नु भएकाे थियाे । महासंघको नवविर्नाचित संचालक समितिको टिमलाई सचिव दुवाडीले बधाईसमेत ज्ञापन गर्नुभएको थियो ।