काभ्रेपलान्चोक – उद्योगी व्यवसायीहरु द्धारा सञ्चालित आभाष बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेपाले सदस्यहरुको आर्थिक, साँस्कृतिक र सामाजिक आवश्यकतालाई परिपूर्ति गर्दै आर्थिक स्तर वृद्धिको कार्य गर्दै आएको छ । विश्व क्यान्सर दिवसको अवसरमा आइतबार आभाष साकोस र नेपाल अर्बुद्द रोग निवारण संस्था काभ्रे शाखाको आयोजनामा महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी प्रारम्भीक परीक्षण तथा रोकथाम शिविर सम्पन्न गरेको कुरा संस्थाका अध्यक्ष दिनेशाज कायस्थले जानकारी दिनुभयो । शिविरमा ४८ जनाको स्वास्थ्य परीक्षण , १७ जनालाई इन्फेक्सनको औषधी वितरण र २ जनाको क्यान्सर

भएको उपचार गरेको संस्थाका प्रमुख व्यवस्थापक सुवास वैद्यले जानकारी दिनुभयो । एक जना महिलाको आङ्ग खसेको समेत उपचार गरिएको संस्थाले जनाएको छ । नेपाल अबुर्द्ध रोग निवारण संस्था काभ्रेका सभापति नेपाल सुधार मैलले उक्त स्वास्थ्य शिविरमा शरमेमोरियल अस्पतालका डाक्टर र नर्सहरुको सक्रियातामा उपचार गरिएको र संस्थाले क्यान्सर रोगको उपचारको व्यवस्थित कक्ष निर्माण गरी नागरिकहरुको स्वास्थ्य उपचारमा सम्वेदनसिल भई लागी परको उल्लेख गर्नुभयो । आभाष साकोसले हरेक वर्ष छात्रवृति, स्वास्थ्य शिविर, र छोरी अभियानमा आर्थिक रकम उपलब्ध गराउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….