महोत्सवको राष्ट्रपति पौडेलले फाल्गुण ४ गते १ बजे उद्घाटन गर्ने कार्यतालिका रहेको मुल आयोजक समितिका संयोजक एवं जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले जानकारी दिनु भयो । महोत्सव बनेपा नगरपालिका वडा नं ८ करुणामार्ग क्षेत्रमा २०८० फाल्गुण ४ गते देखि ७ गते सम्म चल्ने छ।
बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सवमा कृषिका नविनतम प्रविधि तथा वित्तिय साक्षरता सम्वन्धि सेमिनार, सूचना प्रविधिमा आधारित नविनतम प्रविधिहरुको प्रदर्शन, रैथाने बाली एवं प्रविधिहरुको प्रदर्शन, स्थलगत बाली उपचार शिविर तथा पशु स्वास्थ्य शिविर, कृषि बिमा तथा सहुलियत पुर्ण कर्जा प्रवाह सम्वन्धि स्टलहरु, रैथाने परिकार, हस्तकला एवं होमस्टे सम्वन्धि प्रचार प्रसारात्मक स्टलहरु रहने छन् ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको संयोजनमा हुने महोत्सवमा बनेपा नगरपालिका, कृषि ज्ञान केन्द्र एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, काभ्रेको प्राविधिक समन्वयमा तथा काभ्रे उद्योग वाणिज्य संघको आर्थिक ब्यवस्थापनमा जिल्ला स्थित सबै स्थानीय तहको प्रत्यक्ष एवं सक्रिय सहभागिता रहने छ । महोत्सव सञ्चालनका लागि मूल आयोजक समिति गठन लगायत अन्य विभिन्न उपसमितिहरु निर्माण गरिएका छन् ।महोत्सवका लागि १ करोड १५ लाख खर्च हुने अनुमान गरिएको छ ।