काभ्रेपलान्चोक – उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्थाको आयोजनामा तथा मेनोपस सोसाइटी काठमाण्डौ, शीर मेमोरियल अस्पताल बनेपा,नेपाल अर्बुद रोग निबारण संस्था बनेपा र बनेपा डाइगोनोष्टिक सेन्टरको प्राबिधिक सहयोगमा संस्थाका महिला शेयर सदस्यहरुको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिंग जांच सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविर बाट ५६ जना महिला शेयर सदस्यहरुले जांच गराउनु भई लाभान्वित हुनु भएको थियो । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष लगायत संचालक समितिका सदस्यहरु डा. बिद्या कोख श्रेष्ठ प्रधानांग तथा दिब्येश्वरी लाखे पोटेको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रमलाई सफल पार्न लायन्स क्लब अफ काभ्रे बनेपा, बनेपा लियो क्लब तथा काभ्रे बनेपा लियो क्लबका सदस्यहरुले महत्वपूर्ण सहयोगी भुमिका खेल्नु भएको थियो । संस्थाका कार्यकारी प्रमुख कृष्णभक्त थापाले कार्यक्रमको लागि लजिष्टिक सेवा पु¥याउनु भएकोमा यस किसिमको कार्यक्रम संस्थाको सामाजिक उत्तरदायीत्व अन्तर्गत नियमित गर्दै जाने बारे संस्थाका अध्यक्ष पूर्ण प्रसाद पलाञ्चोकेले बताउनु भएको थियो।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….