नेपाली मनोरञ्जन एबम् रंग पत्रकारिता क्षेत्रमा स्थापित नाम हो कुबेर राज गिरी दुई दशक भन्दा लामो समय देखी निरन्तर रुपमा टेलिभिजन, छापा पत्रिका, अनलाईन पत्रिकाहरुमा आवद्ध भई नेपाली मनोरञ्जन पत्रकारिताको विकासमा गिरी योगदान निक्कै सर्हानिय रहेको उनकै समकक्षी पत्रकारहरुले बताउने गर्दछन् । मनोरञ्जन विटमा पनि खोजमुलक पत्रकारिता गर्न रुचाउने गिरी हाल रातोपाटी अनलाई पत्रिकामा आवद्ध रहनु भएको छ । नवक्षितिज साप्ताहिकका लागी पत्रकार अरविन्द्र गौतमसंगको कुराकानीमा आधारित रहेर आज हामी पत्रकार कुबेर राज गिरीसंग पत्रकारिता गर्दाको क्षण तथा आरोह–अबरोहलाई प्रस्तुत गर्दैछौं ।
० चलचित्र पत्रकारिताको यो लामो यात्रालाई कसरी मुल्याङकन गनुहुन्र्छ ?
चलचित्र पत्रकारिताको यो लामो यात्रामा सुख, दुःख दुबैले भरिएको छ । यो क्षेत्रमा धेरै अनुभव संम्हाल्न मिल्यो । ति अनुभव कति तिता छन्, कति मिठा । सुरुमा चलचित्र पत्रकारीतालाई पत्रकारिताको बिट भनेर मानिंदैनथ्यो । अन्य पत्रकारले हेर्ने र समाजले हेर्ने नजर समेत राम्रो थिएन । अहिले आएर यो पत्रकारितामा पनि सम्मानजक बिटको रुपमा स्थापित भएकोछ । मुलधारका मिडियाले चलचित्र पत्रकारितालाई राम्रो स्थान दिन थालेका छन् भने यसमा कलम चलाउने पत्रकारलाई पनि सम्मानजनक र सेलिब्रेटीको रुपमा हेर्न थालिएको छ । अहिले चलचित्र पत्रकारिताबाट पनि जीवनको सबै आवश्यकता पुरा गर्न सकिन्छ ।
० चलचित्रको एनलगदेखि डिजिटल युगसम्म आइपुग्दा पत्रकारिताको रुपमा यहाँ मनोरञ्जन (चलचित्र क्षेत्र)को साक्षी हुनुहुन्छ । हामीले प्रबिधिसँगै कति सकारात्मक र कति नकारात्मक कुरा भित्र्याएका छौ ?
अहिले विश्व डिजिटल युगमा प्रवेश गरिसकेको छ । हामीले पनि त्यही अनुसार आफुहरुलाई भिजाउदै रहेको अवस्था हो । नेपाल पनि प्राबिधिक रुपमा फड्को मार्दैछ । हाम्रो चलचित्र क्षेत्रमा पनि बिभिन्न डिजिटल प्राबिधि भित्रिएको छ । त्यसको सदुपयोग पनि राम्रोसँग हुन थालेका छन् । प्रबिधिका कारण उत्कृष्ट चलचित्र निर्माण हुन थालेका छन् । कठिन भन्दा कठिन काम गर्न छिटो र सजिलो भएको छ । प्रबिधिको जति सदुपयोग गर्नु पर्ने हो त्यो गर्न सकिएको छैन । प्रबिधि भित्रिएसँगै त्यसअनुसार जनशक्तिले आफुलाई अपडेट गराउन नसक्दा बेरोजगारी पनि बढेको छ । प्रबिधिको दुरुपयोग हुँदा राम्रा मानिसहरु ओझेल पर्ने र नराम्रा मानिसहरुले स्थान पाउँन थालेका छन् । प्रविधिको दुरुपयोग गरेर पाएको सफलताले पनि पक्कै पनि राम्रो प्रतिफल दिन सक्तैन । त्यसैले हामीले प्रविधिको सदुपयोगलाई बढवा दिनको लागी सवैलाई प्रोत्साहन गर्नु पर्दछ ।
० हिजोको पत्रकारिता क्षेत्र र आजको पत्रकारिता क्षेत्रलाई यहाँले कसरी बिश्लेषण गर्नुहुन्छ ?
हिजोका पत्रकारिता निकै कठिन थियो । पत्रकारितामा टिक्न र बिक्न धेरै संघर्ष गर्नुुपथ्यो । अहिलेको जस्तो अनेक सुबिधा थिएन । यो क्षेत्रमा लाग्नेको इज्जत राम्रो थियो । पत्रकारितामा पनि राम्रो थियो । मानिसहरु आँखा चिम्लेर विश्वास गर्थे । पहिलेको तुलनामा अहिले अवसर धेरै छन् । प्रबिधिको बिकासले पत्रकारिता पनि सजिलो भएको छ । तर प्रविधिको विकाससंगै पत्रकारिताप्रतिको विश्वास र लोकप्रियता पनि गुम्दो छ । पत्रकारितामा कम र प्रचारकारिता बढी हुन थालेका छन् । कतिपय अवस्थामा एउटा समाचार बन्नुपर्ने अर्काे समाचार बनेको अवस्था पनि छ । पत्रकारितामा अलिअलि बिकृति भित्रिएपनि पत्रकारको अवस्था भने एकदमै राम्रो बन्दै गएको छ ।
० पछिल्लो समय मनोरञ्जन पत्रकारितामा ब्यापक बिकृति आयो भनिन्छ । युटयुव र आफु खुसी खोलिएका अनलाईन मिडियामा काम गर्ने ब्यवसायिक नभैदिदा मनोरञ्ज्न क्षेत्रलाई प्रभाव पारेको छ, के तपाईलाई त्यस्तो लाग्छ ?
बिकृति कुन क्षेत्रमा छैन र ? हामी मनोरञ्जन पत्रकारिता गरिरहेका भएको हिसावले यो क्षेत्रमा बिकृति बिसंगती बढी देख्छौ । युट्युब पत्रकारिता बिकास भएपछि यो पत्रकारितामा बिकृति बढी देखिन थालेको हो । यो मेरो मात्र होइन, अग्रजहरुको पनि धारणा हो । सुरुको समय युट्युब नेपालका लागि नौलो प्लेटफर्म भयो । यसको प्रभाव के, यसले के गर्छ भन्ने तर्फ राज्यको ध्यान गएन । युट्युबमा आफु खुसी च्यानल खोल्न र मन लागेको कन्टेन्ट हाल्न पाउने सुबिधा दियो । त्यतिमात्र होइन, भ्यूजको आधारमा पैसा पनि दियो । त्यसले केहीले के गर्न हुने, के नहुने भन्दा पनि पैसाको पछि लागे बिकृति पनि देखियो । अहिले राज्यको पनि ध्यान यसतर्फ गएको छ । मानिसमा पनि चेतनाको स्तर बढेको छ । समाजले पनि त्यस्ता युट्युब र संचालकलाई समाजबाट अलग राख्ने काम गरिरहेका छन् । युट्युब पनि बिस्तानरै शुद्धीकरण हुदै गएको छ ।
० पत्रकारलाई प्रायोजितको आरोप लाग्दै आएको छ नि ?
कुनैपनि पेशामा एउटाले खराब गर्यो भने पुरै पेशा बदनाम हुन्छ । यो पनि त्यस्तै हो । अहिले पत्रकारिता क्षेत्र ब्यापक भएको छ । थुप्रै मिडिया खुलेका छन् । पत्रकारहरु पनि धेरै छन् । कतिपय बुझेर, जानेर लागेका छन् । कतिपय नबुझि होमिने गरेका पनि छन् । नबुझी, नजानी यसमा लाग्नेलाई कतिपयले आफ्नो स्वाथ्र्यका लागि प्रयोग गरे होलान् । त्यसलाई पत्रकार प्रयोजित हुन्छन् भनेर भन्न मिल्दैन । जसले पत्रकारीता बुझेको छ । त्यो पत्रकार हो र त्यो कहिलै पनि प्रयोजित हँुदै सक्दैन ।
० चलचित्र तथा मनोरञ्जन पत्रकारिता ब्यवस्थित बनाउन के गर्नुपर्ला ?
चलचित्र, मनोरञ्जन पत्रकारिता ब्यवस्थित बनाउन हामीले यसका देखिएको बिकृती, बिसंगती बेलाबेलामा केलाउनुपर्छ । यसका लागेका ब्यक्तिको समस्या, अप्ठ्यारा पहिचान गर्दै समाधानको बाटो रोज्नुपर्छ । यसका लागेका ब्यक्तिहरुलाई बेलाबेलामा समयसापेक्ष तालिक, गोष्ठी लगायको ब्यवस्था गर्नुपर्छ ।
० तपाई सम्पुर्ण मनोरञ्जन पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघको केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ । पत्रकारलाई मर्यादित, ब्यवस्थित बनाउने योजना के के छन् तपाईसँग ?
चलचित्र पत्रकार संघ नेपाल भनेको देशभर चलचित्र, मनोरञ्जन पत्रकारिता गरिरहेका ब्यक्तिहरुको संस्था हो । यसले पत्रकारको हकहितका मुद्दालाई अगाडि सार्दै आएको छ । चलचित्र, मनोरञ्जन पत्रकारिताको क्रममा आइपर्ने हरेक अप्ठ्योरामा यो संघ पत्रकारको सहयोगी बन्छ । म यो संस्थाको नेत्रृत्वमा आएपनि यससँग आवद्ध ब्यक्तिहरुलाई ध्यानमा राखेर बिभिन्न कामहरु भएका छन् । त्यसका लागि कार्यशाला, समय सापेक्ष प्रशिक्षण, बेलाबेलामा मोटिभेसन लगायत कार्य गर्दै आएको छ । हामीले आगामी फागुनमा पनि हेटौँडामा देशभरका चलचित्र, मनोरञ्जन पत्रकार बोलाएर बिभिन्न प्रशिक्षण, कार्यशाला गर्दैछौ ।
० नेपालमा पत्रकारिता गरेर जीवन निर्वाह गर्न सम्भव छ ?
पहिले, पहिले पत्रकारिताबाट जीवन चलाउन कठिन थियो । अहिले भने पत्रकारिता एकदमै राम्रो पेशा भएको छ । यसबाट जीवन निर्वाह गर्न मात्र होइन, समाजमा नाम, प्रतिष्ठा समेत हासिल गर्न सकिन्छ । पत्रकारिता अहिले आकर्षक पेशामा पर्छ । त्यही भएर पनि अहिले पत्रकारितामा लाग्नेको भिड देख्न सकिन्छ ।
० अत्यमा केही छ कि ?
म लामो समयदेखि चलचित्र, मनोरञ्जन पत्रकारितामा क्रियासिल छु । मेरो यो क्षेत्रबाट जीवन राम्रोसँग चलिरहेको छ । कोही यसमा आउन चाँहनुहुन्छ भने आउनुस् भन्छु । यो क्षेत्र राम्रो छ । यदि आउन चाहनुहुन्छ भने अरुको सफलता, चर्चा देखेर त्यसको लोभमा भन्दा पनि मिहिनेत गरेर अलग्गै पहिचान बनाउने उदेश्यले भित्रिनुस् । पत्रकारितामा मिहिनेत धेरै चाहिन्छ, दुःख अनेक छन् । पत्रकारिता गहन र कठिन काम पनि हो । सफल हुन सकियो भने समाजमा अलग्गै पहिचान बन्छ ।