काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले ‘मेयर कप’ भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

आज बसेको नगरपालिकाको सामाजिक विकास समितिको बैठकले ‘मेयर कप’ भलिबल प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो । प्रतियोगिता यही फागुन १८ र १९ गते चल्ने छ ।

प्रतियोगिता डेडीथुम्का माध्यमिक विद्यालय, महादेवस्थानमा सञ्चालन हुनेछ । ‘मेयर कप’ भलिबल नगरस्तरीय प्रतियोगिताका रुपमा सञ्चालन गरिने नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । द्वितीय हुने टिमले ३० हजार र तृतीय स्थान प्राप्त गर्ने टिमले २० हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने नगरपालिकाले जनाएको छ ।

प्रत्येक वडाबाट कम्तीमा १/१ वटा टिम दर्ता गर्न सकिनेछ र प्रत्येक टिममा १० जना खेलाडीसहित १ जना व्यवस्थापक हुनु पर्नेछ । फागुन १६ गतेभित्र नगरपालिकाको शिक्षा शाखामा टिम दर्ता गरिसक्नु पर्नेछ । टिम दर्ता निःशुल्क हुनेछ ।

वडा कार्यालयबाट खेलाडी दर्ता फाराम लिई खेलाडीहरुको फोटोसहित वडा कार्यालयबाट प्रमाणित गर्नु पर्नेछ । खेलमा सम्बन्धित वडा भित्र स्थायी वसोवास गरेको खेलाडी मात्रै सहभागी हुन पाइनेछ ।

खेलाडीले टिमको पहिचान खुल्ने नम्बर अङ्कित जर्सी र जुत्ता अनिवार्य लगाउनु पर्नेछ । खेलहरु ‘एफआईभिबी’ को नियम अनुसार नकाउट प्रणालीमा खेलाइनेछ । फागुन १७ गते खेल तालिका र समय प्रकाशन गरिनेछ ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….