बनेपा/नृत्य निर्देशक संघ नेपालको आयोजनामा तेस्रो राष्ट्रिय नृत्य दिवस २०८० सम्पन्न भएको छ ।
नृत्य निर्देशक संघ नेपाल काभ्रेको व्यवस्थापनमा तेस्रो संस्करणको राष्ट्रिय नृत्य दिवस २०८० बनेपामा विभिन्न कार्यक्रम गरी भव्यताकासाथ मनाइएको हो । कार्यक्रममा विविध कला संस्कृति झल्कने झाँकी सहित प्रभातफेरी समेत गरिएको थियो । कार्यक्रममा दुई वरिष्ठ नृत्य निर्देशकलाई सम्मान समेत गरिएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न नृत्य दिवसमा नेपालका सातै प्रदेश अनि जिल्लाहरुबाट विविध मौलिक कला संस्कृति बोकेको नृत्यहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले नृत्यले सिंगो सामजको चित्रण गर्ने भएकोले समाज परिवर्तन अनि देशको समुन्नत विकासमा नृत्यको महत्वपूर्ण भुमिका रहेको बताइन् । राज्यमन्त्री ठकुरीले नृत्यले सिङ्गो नेपालको चित्र देखिएको बताइन् । उनले राष्ट्रिय दिवसको मान्यता दिनको लागि प्रधानमन्त्रीसंग प्रस्ताव गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्य, नृत्य निर्देशक संघ नेपाल काभ्रेको व्यवस्थापनमा नृत्य निर्देशक संघको आयोजनामा बनेपामा नृत्य प्रस्तुत गरी दिवस मनाएको हो ।

कार्यक्रममा नृत्य क्षेत्रमा विशेष योगदान पु¥यायँदै आएक वरिष्ठ नृत्य निर्देशकद्वय राधेश्याम प्रधान र भुषण भोमी श्रेष्ठलाई सम्मान गरिएको थियो ।

 

राष्ट्रिय रुपमा नृत्य दिवस मनाउन सरकारलाई दवाब दिन नृत्य निर्देशक संघले ३ बर्ष देखि दिवस मनाउदै आएको केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले जानकारी दिए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक संघका केन्द्रीय सदस्य मोहन तौजलेले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतम, उप प्रमुख रिमबहादुर तामाङ, बनेपा नगरपालिकाका उप प्रमुख विमला सापकोटा दाहाल, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव, प्राज्ञहरु तथा पदाधिकारी, वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटा, राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष चर्चित दोहरी गायक, कलाकार चलचित्र निर्माता विक्रमजंग शाह, राष्ट्रिय चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस सेन्टर नेपाल काभ्रेका अध्यक्ष रोजन तामाङ लगायत थुप्रै कलाकार तथा कलाप्रेमी एवम् संचारकर्मीहरुको समुपस्थिति रहेको थियो ।

सबै प्रदेशका विभिन्न जिल्लाबाट आएका सहभागीले विभिन्न समुदायको साँस्कृतिक नृत्य प्रस्तुत गरेको काभ्रे जिल्ला अध्यक्ष अमरकृष्ण चन्दले जानकारी दिए ।
निकै नै उत्कृष्ट रहेको कार्यक्रममा ललितपुर शाखाले अन्नपुर्ण चर्या नृत्य, बागमती प्रदेशले तामाङ सेलो, पाल्पा शाखाले झ्याउरे, लुम्बिनी प्रदेशको दाङ शाखाले झुम्रा, गोकर्णेश्वर नगर समितिले थारु, तारकेश्वर नगर समितिले झ्याउरे, भक्तपुर शाखाले कौरा, चन्द्रागिरी नगर समितिले धिमे, हेटौडाबाट झरझरिया नृत्य प्रस्तुत गरिएको थियो ।
यस्तै काभ्रे शाखाको तर्फबाट ग्रेसल्याण्ड स्कूलले संगिनी, उरा नृत्यले तामाङ सेलो, बालकाटिका स्कूलले धिमे, नाइटिङ्ग स्कूलले हुड्केली, स्टेप अप डान्स स्टुडियोले तामाङ सेलो, विनर अफ सुपर डान्सर सिद्धार्थले नेवारी नृत्य, को म्हेन्दो मिडियिाले तामाङ सेलो र चन्द्रागिरी नृत्य कलाकार संघले कौरा नृत्य प्रस्तुत गरेका थिए ।
अलि पृथक ढंगले संचालन भएको कार्यक्रममा बनेपा नगर प्रमुख विमला सापकोटा दाहालले लायकुमा बनेपा नगरको साँचो खोली प्रभातफेरि उद्घाटन गरेका थिए । यस्तै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक प्रसाद गौतमले वकु गणेशस्थानमा जिल्लाको ढोका खोली उद्घाटन गरेका थिए भने झाँकी सहितको ¥याली पश्चात लायकु राजमञ्चमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले साँस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा स्थानीयबासी तथा विभिन्न संघ संस्थाहरुले ठाउँ ठाउँमा ¥यालीमा सहभागीहरुलाई सगुन सहित स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….