काभ्रेपलान्चोक – पछिल्लो समय सहकारी संस्थामा आर्थिक संकट परिरहेको बेलामा सहकारीहरुको छाता संगठन काभ्रेपलान्चोक जिल्ला बचत संघले सामाजिक उत्तरदायित्वको भुमिका निर्वाह गरेको छ । समाजमा पनि केही गर्नु पर्छ भन्ने उद्देश्यका साथमा सामाजिक काममा लागी परेको हो।

खुल्ला आकाशमुनिको आश्रयमा जीवन बिताउन विवश असहायहरुको लागि मानव कल्याण समाज सेवा घर सारथी बनेर आएको छ।

बचत संघले मानव कल्याण समाज सेवा घरको संचालिका दिपिका खुलाल न्यौपानेलाई ४३,७५० रुपैयाँ हस्तान्तरण गरेको छ । अहिले समाजले झण्डै ८५ जना सडक पेटीमा आश्रित असहायहरुको पुनर्जीवन दिइरहेको बताइएको छ ।

बचत संघले पनौती नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सबिन ताम्राकारलाई वडामा भएको मठ मन्दिर, पाटी पौवा, सार्वजनिक स्थलका लागि भनेर १५ वटा नै डस्बिन हस्तान्तरण गरेको छ ।

त्यस्तै धनेश्वर महादेव मन्दिरमा भएको फोहोर व्यवस्थापनको लागि पुजारी बिदुर जंगमलाई ३ वडा डस्बिन, उग्रेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको अध्यक्ष प्रेम बैदारलाई ३ वटा फोहोर व्यवस्थापन गर्नेको लागि डस्बिन हस्तान्तरण गरिएको हो ।

काभ्रेपलान्चोक जिल्ला बचत संघको अध्यक्ष उदयराम कायस्थको १ वर्षको भत्ता, संचालक समितिको १ दिनको भत्ता, कर्मचारीहरुको तर्फबाट केही रकम गरि मानव कल्याण समाज सेवा घरमा सहयोग हस्तान्तरण गरिएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा जिल्ला बचत संघको उपाध्यक्ष सागरनाथ कपाली, कोषाध्यक्ष जीवन श्रेष्ठ, संचालक सदस्य ज्ञानु दाहाल, प्रबन्धक गुरु प्रसाद ढकाल लगायत कर्मचारीहरुको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….