काभ्रेपलान्चोक – नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौंको नवौं साधारणसभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ । नेपाल हेवी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सोमबार द लिफ लाउन्ज रेष्टुरेन्ट छाउनीमा नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौंको नवौं साधारणसभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको हो ।अधिबेशन बाट अध्यक्षमा महेश कुँवर निर्बिरोध निर्वाचित भएका छन् ।

महेश कुँवर सामाजिक कार्यमा पनि सक्रिय छन् । जिल्लामा महेश कुँवरको नेतृत्वमा संघको नयाँ कार्य समिति चयन गरिएको छ । संघको आठौं साधारणसभा तथा चौधौं अधिवेशनमा उपाध्यक्ष रहेका थिए । उनी लामो समयदेखि यो पेशामा आबद्ध छन्। निर्वाचित भएपछि अध्यक्ष कुँवरले आर्थिक मन्दीका कारण व्यवसायीहरू समस्यामा परेकाले उनीहरूको समस्या सुनेर समाधान गर्ने बताए ।

उपाध्यक्षमा दानबहादुर बोगटी र अरुण शर्मा निर्वाचित भएका छन् । सचिवमा ताराबहादुर कटुवाल, सह-सचिवमा नेत्रबहादुर अधिकारी, कोषाध्यक्षमा खेमराज आचार्य र सह कोषाध्यक्ष शालिकराम श्रेष्‍ठ निर्वाचित भएका हुन् ।सदस्यमा खड्गबहादुर कार्की, उजिस पोख्रेल, अकुरराज गिरी, शालीकराम अधिकारी, सन्तोष श्रेष्ठ, श्यामकृष्‍ण खड्गी, रामहरि रिमाल र दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका हुन् ।
संघको सल्लाहकार सदस्यमा डाक्टर तारा बहादुर कुँवर, यादवलाल श्रेष्ठ र सुनिल थापा छन् । यो भन्दा अगाडि संघमा उत्तमराज बिष्ट अध्यक्ष थिए । उनले कार्यसमितिको कार्यकाल पुरा गरी नेतृत्व हस्तान्तरण गरेका हुन्।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….