काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले चन्द्रागिरि नगर कमिटीको दोस्रो नगर अधिवेशन जेठ ५ गते वडा नं. ५ को ऐतिहासिक गाउँ किसिपिडीमा बिहान ११ बजे उद्घाटन हुने भएको छ । संगठन सुदृढीकरण र विस्तार अबको संकल्प, समृद्ध चत्द्रागिरिका लागि नेकपा एमाले निर्विकल्प मूल नारासाथ हुन लागेको अधिवेशन जेठ ५ र ६ गते संचालन हुने छ ।

अधिवेशनबारे जानकारी दिन शुक्रबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नगर पार्टी अध्यक्ष राजु श्रेष्ठले केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा हुने उद्घाटन समारोहमा ३ हजारभन्दा बढीको सहभागिता रहने जानकारी दिनु भयो । उहाँका अनुसार पार्टीको दोस्रो नगर अधिवेशनमा नगरभरका करिब २ सय जना प्रतिनिधिहरुले भाग लिने छन् । यही अधिवेशनले चन्द्रागिरि नगर पार्टीको नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

खुल्ला सत्र र बन्दसत्र गरी २ चरणमा हुने अधिवेशनको उद्घाटन वडा नं. ५ को किसिपिडीमा र बन्दसत्र वडा नं. १० को सतुंगल पार्टी प्यालेसमा हुने छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै पार्टी अध्यक्षले कार्यकर्ता उत्सुकतासाथ अधिवेशनको प्रतीक्षामा रहेको बताउनु भयो ।

अधिवेशनको तयारीस्वरुप शुक्रबार जेठ ४ गते बिहान किसिपिडी क्षेत्रमा सरसरफाइ गरिएको थियो । त्यसैगरी उद्घाटन क्षेत्रलाई पार्टी झण्डा र तुल ब्यानरले सिंगारिएको छ । अधिवेशन भव्य र सभ्यताका साथ सफल पार्न सयौं स्वयंसेवकहरु परिचालन गरिएको छ । किसिपिडी क्षेत्रका पार्टी कार्यकर्ताहरु दिनरात खटेका छन् ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….