जब हाम्रो मस्तिष्कमा कुनै विषयको बारेमा सोचहरु अंकुरण हुन्छ भने त्यसलाई हामी बिचार भन्छौ। जब त्यो बिचार एउटा व्यक्त्ति बाट बहिर निस्केर धेरै समुहले अपनाउँछ, धेरैले सहमति जनाउँछ वा त्यो सामुहिक बिचार बन्छ भने, त्यस्तो बिचारलाइ हामी बिचारधारा भन्छौ। कुनै पनि मानिस जन्मने बित्तिकै सोच बिचार लिएर आएको हुँदैन, तसर्थ मानिसको बढ्दो उमेर सङगै, अनुभव र शिक्षा दीक्षासँगै मनको तहमा बिस्तारै सोच बिचारहरु जन्मन थाल्छ्न । यसरी विकसित हुने सोचमा पक्कै पनि त्यसबेला भएको सामजिक पक्ष आर्थिक पक्ष , धार्मिक तथा साँस्कृतिक पक्षको प्रभाव त पर्छ नै साथ साथै समकालिन दार्शनिक वा बौद्धिक पक्षले हाम्रो सोच्ने तरिका वा हाम्रो बिचारलाई प्रभावित पारेको हुन्छ्। भनिन्छ नि व्यक्तिले लिने बिचारले नै मानिसलाई महान बनाउँछ। सङ्गत अनुसार बुद्धि र बिचार, कर्म अनुसारको फल भनेझैं कस्तो खालको हाम्रो बिचार छ हामीले त्यस्तै खालको जिवनयापन गरिरहेका हुन्छौ। आज हामी त्यस्तो बिचारको छलफल गर्न गाइरहेका छौ कि जस्लाइ हामी कर्म सिद्धान्त भन्छौ।

अस्तित्व सञ्चालनमा सन्तुलनको बाह्र सिद्धान्त छ त्यस मध्ये महत्त्वपूर्ण एक हो कार्य कारणको सिद्धान्त । यस सिद्धान्त अनुसार कुनै पनि कार्य, बिना कारण हुँदैन र कुनै पनि कारण बिना कार्य उत्पन्न हुँदैन। हरेक कार्यको पछाडि कारण हुन्छ अनि हरेक कारणले फेरि कार्य उत्पन्न गर्छ ।यसैलाई कर्म सिद्धान्त भनिन्छ । यदि कुनै पनि कार्यको पछाडि कारण भेटिएन भने त्यो चमत्कार (magic) बन्छ । जबकि कुनै पनि कार्यको पछाडिको कारण नै भेटिदैन भने अचम्म भएनौ त हामी अनि हामीलाई चम्त्कार(magic)लाग्छ् । यदि त्यो कार्यको खोज अनुसन्धानबाट कारण भेटाइन्छ भने त्यो फेरि विज्ञान (science) बन्छ । जस्तै बर्मुदा त्र्याङ्गल जस्को कारण नै रहस्यमय छ त्यस्को पछाडि कुनै कारण नै भेटिएको छैन त्यसैले रहस्यमय अर्थात चमत्कारी छ आज लामो समयदेखि त्यस्को खोजबिनमा सैँयौँ वैज्ञानिकहरू लागि परिरहेका छन् । कुनै दिन त्यो बर्मुडा त्र्याङ्गलको कारण भेटिएको खण्डमा त्यो विज्ञान (science) साबित हुन्छ। यदि त्यो कर्मको सम्पूर्ण कारण आफैबाट सिर्जित हुन्छ भन्ने लाग्छ भने त्यो अध्यात्म हुन्छ जस्तै सुख पनि आफ्नै कारणले सिर्जित हुन्छ दुख पनि आफ्नै कारणले, सम्पूर्ण कार्य आफै भित्रबाट सिर्जना हुन्छ भन्ने सोच मान्यता छ भने त्यो अध्यात्म (spiritual) हो ।
मात्र हामीले हाम्रो सोचलाई कसरी विकास गर्छौ? हामीले कस्तो सोच बोकेका छौँ , त्यो सोच कतै जडको रुपमा बिकास भएको छ वा छैन वा हाम्रो सोचहरु भन्दा अन्य थुप्रै सोच बिचारहरु पनि छन् भन्ने प्रश्नहरुको उत्तर आफै मनन गर्ने कुराहरु नै हुन।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….