गोष्ठीको उद्धाटन गर्दै बागमती प्रदेशमा संंस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले बागमती प्रदेशमा रहेका ३२४४ सहकारी मध्ये ११ वटा सहकारी सिआईवीमा, २१६ सहकारी संस्था प्रहरीमा उजुरी परेको र ११५ संस्था आपसी छलफल र सल्लाहबाट समस्या समाधान उन्मुख रहेको भन्दै १÷२ प्रतिशत सहकारीमा समस्या आएको भए पनि त्यसको प्रभाव सिङ्गो अभियानमा समस्यामा पारेको र सहकारीमा सबै क्षेत्र जोडिएकाले समस्या समाधानका लागि अभियानले साथ दिनुपर्ने बताए ।
सहकारीका समस्या समाधानमा आफु लागि परेको र धेरै सहकारीका सञ्चालकलाई भेटेर समस्या समाधानको लागि पहल गर्दै आएको भन्दै सरकार र सहकारी मिलेर समस्या समाधानमा लाग्ने बताए । कानुनी रुपमा भएका गैह् कानुनी कार्य रोक्न सचेत बन्नु पर्ने भन्दै मन्त्री बज्राचार्यले ईमान्दारीता पूर्वक काम गर्ने हो भने समस्या समाधान हुदै जाने बताए ।
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष रामहरी बजगाईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लिमिटेडका अध्यक्ष ओमदेवी मल्ल, राष्ट्रिय सहकारी बैक लि. का अध्यक्ष के. बि. उप्रेती, काभ्रे जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष उदयराम कायष्थ, पत्रकार महासंघ काभ्रेका सल्लाहकार नवराज बजगाईलगायतले सहकारीका बारेमा बोलेको कार्यक्रममा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका उपाध्यक्ष करुणा बज्राचार्यले स्वागत र सचिव श्यामकृष्ण महर्जनले कार्यक्रम सञ्चालन गरेका थिए ।
गोष्ठीमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, प्रुरक वक्ता डा. रविन कटवाल, रजिस्टार टोलराज उपाध्याय, राष्ट्र बैकका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल, सिए शेषमणी दाहाल, सहजकर्ता तेजप्रसाद बजगाईलगायतले सहजीकरण गर्ने अध्यक्ष बजगाईले बताए । संघले यसअधि अध्यक्षहरुको गोष्ठी गरिसकेको र चाडै महिलाहरुको पनि गरिने अध्यक्ष बजगाईले बताए ।