काठमाडौं – सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं.१३ फटक्सिलामा चर्चित गायक नवराज घोरासैनि र कमला घोरासैनिको कोखबाट २०५६ साल चैत्र २७ गते जन्मनुभएको मनिषा घोरासैनि सानै उमेर देखि गीत संगीतमा आफ्नो स्थान बनाइसक्नु भएको छ। सानो उमेरमा नै देश तथा बिदेशमा आफ्नो उत्कृष्ट प्रस्तुति दिदै आउनुभएको छ । प्रस्तुत छ काभ्रे प्रेसको लागि दिनेश भण्डारीले गायिका मनिषा घोरासैनीसंग गरेको रमाइलो कुराकानी
० आज भोलि केमा व्यस्त हुनुहुन्छ ?
आज भोलि म आफ्नै काम व्यस्त छु। कहिले कहिँ मेला महोत्सव तिर हुन्छु भने गीत संगीत अनि अध्ययनमा व्यस्त छु ।
० गीत संगीत बाहेक अरु केके गर्नु हुन्छ ?
गित संगित बाहेक आफ्नो पढाईलाई अगाडि बढाउदै छु । प्राय जस्तो घरतिर कै कामहरु हुन्छ ।
० गीत संगीतमा तपाईंको यात्रामा कसरी सुरु भयो ?
म सानै देखि गित गाउन नाच्न रुचाउने मान्छे हो । मेरो घरको महोल नै गित संगितिक हुन्थ्यो । स्कुल तिरको कार्यक्रमहरुमा पनि भाग लिन्थे । संगित सिक्ने गर्थे गित गाउने नाच्थे , यस्तै शिलसिलामा मेरो गीत संगीत सुरु भएको हो ।
० तपाईलाई गीत संगीत कस्तो होस जस्तो लाग्छ ?
सुन्दा आन्नद मिल्ने , नाचुम नाचुम लाग्ने , थकाई मेटाउने हरेक शब्द र म्युजिकले मन छुने यस्तै भैदिए हुन्थ्यो जस्तो लाग्छ । तर नेपाली समाजमामा विकृति फैलाउने खालको चाहिँ नहोस् जस्तो लाग्छ।
० गीत संगीतलाई आम्दानीको श्रोत बनाउन सकिन्छ ?
बनाउन त सकिन्छ तर यो समयमा धेरै गाह्रो छ किन भने यो क्षेत्र निकै मिहिनेत गरेर मात्र सफल बन्न सक्ने क्षेत्रमा पर्दछ । तर कलाकारितामा लागेको कति पए कलाकारले बनाएको पनि देखिन्छ।
० तपाईंलाई कलाकारहरु गीत संगीत क्षेत्र बाट नै बाँच्न सक्छन् जस्तो लाग्छ ?
कलाकारहरुलाई यस क्षेत्र बाटै जिवन बाच्नको लागि नसक्ने हैन सकिन्छ तर धेरै मिहिनेत गर्न पर्छ किन भने गीत संगीत बाट पैसा आउने भनेको युटुयबाट हो यसको राम्रो व्यवस्था भयो र आफ्नै भयो भने पछिल्लो सममा आफ्नो आवश्यकता टार्न अलि सजिलो देखिन्छ हैन भने गित गाएर मात्र चाहिँ कठिन नै छ ।
० नेपाली गीत संगीतमा कलाकाले महोत्सव तथा स्टेज प्रोग्रामहरुमा स्थान पाउन आफ्नो मान्छे वा चिनेको मान्छे चाहिन्छ भन्छन् तपाईंले कतिको स्थान पाउनु भएको छ ?
स्थान पाउन सकेको छैन | आफ्नो मान्छेलाई प्राथमिकता दिइने गरिएको छ । यस्तो कुराहरु देखिएको पनि छन् । सुनिएको पनिछन् । धेरै ठाउँमा आफ्नो र चिनेको कलाकारहरुले स्थान पाउने भएर हो नेपाली गीत संगीतमा राम्रो प्रतिभा भएको कलाकार ओझेलमा परेको ।
० नेपाली गीत संगीत क्षेत्रमा धैरै विकृती आएका छन् यसलाई कसरी लिनु भएको छ ?
यति नराम्रो संग फैलिसकेको छ कि भन्ने कुनै शब्द छैन नराम्रो सिर्जना राता रात भाइरल भएका छ्न । मिहिनेत गरेर बर्षौ लगाएर लाखौं खर्च गरेर बजारमा आएको एल्बमले कुनै स्थान पाएको हुन्न र राम्रो सिर्जना छायाँमा परेको देखिन्छ।
० आजभोलिको म्युजिक अवार्डहरु पैसा तिरे पछि मात्र प्राप्त गर्न सकिन्छ भन्छन नी यसमा तपाईंलाई के लाग्छ?
मैले खासै अवार्ड पाएको छैन तर जति पाए आफ्नो स्वर संगितले गर्दा पाए । तर धेरै सुनेको चाहिँ छु अवार्ड पाउन पैसाको चलखेल हुन्छ भनेर ।
० कसको प्रेरणाले गीत संगीतमा लाग्नु भयो ?
मलाई जन्म दिने बुबा र सानुबुवा यसै क्षेत्रमा लागेर आफ्नो जीवानमा अगाडि बढेको देखेर उहाँहरुकै प्रेरणाले मलाई पनि गित संगितमा लाग्ने हौसला मिल्यो र अहिले बुबा कै सृजनामा मेरो स्वर छन् ।
० तपाईंको सबै गीत संगीत चर्चा मै छन् तर सबै भन्दा चर्चामा रहेको गीत कुन हो ?
गीतहरु त धेरै छन् तर अलि धेरै चर्चामा रहेको गीत भन्ने हो भने (गमलामा जाई २,ज्यान जाला होस गर) नै हो ।
० अन्त्यमा के भन्न चाहानुहुन्छ ?
मलाई छोटो समयमा यति धेरै दर्शकहरुले साथ दिनु भएको छ । माया दिनु भएको छ र मेरो स्वरलाई मन पराउनु भएको छ मनै देखि धन्यवाद भन्न चाहान्छु र अगामि दिनहरुमा आउने मेरो हरेक सिर्जनालाई यसै गरि माया गरिदिनु होला भन्न चाहान्छु । मलाई तपाईंको मिडिया मार्फत यो स्थान दिनु हुने तपाईं र तपाईंको सम्पुर्ण टिम प्रति आभार प्रकट गर्दछु धन्यवाद।