काभ्रेपलाञ्चोक जिल्लामा इन्डो नेपाल फ्रेण्डसीप सोतोकान कराँते च्याम्पियनसीप प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता यही असार ७ र ८ गते हुनेछ । नेपाल सोतोकान कराते संघले आयोजना गरेको हो । संघको यो छैठौं सस्करण हो । प्रतियोगिता काठमाडौं विश्वविद्यालय (केयु) कबर्ड हलमा हुने संघका संस्थापक अध्यक्ष एवं प्रमुख प्रशिक्षक कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आज बनेपामा पत्रकार सम्मेलन गरिदिएको जानकारी अनुसार प्रतियोगिताको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले गर्नुहुनेछ ।

प्रतियोगितामा महिला र पुरुष सहित भारतको २५ वटा प्रान्तबाट छनौट गरिएका २५० जना भारतीय खेलाडी तथा नेपाल अधिराज्यका ४९ जिल्लाबाट छनौट गरिएका ३५० जना नेपाली खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।

आगामी दिनहरुमा हुने सार्क एशियाली र ओलम्पिक जस्ता ठुला खेलहरुलाई समेत टेवा पुऱ्याउने साथै अन्य राष्ट्रसँग भाईचारा सम्बन्ध स्थापित गराउने र काभ्रे जिल्लामा पर्यटकीय विकास गराउने प्रतियोगिताको उद्देश्य रहेको संस्थापक अध्यक्ष श्रेष्ठ बताउनुभयो ।

प्रतियोगिताको अनुमानित बजेट करिब २५ लाख रहेको छ । यो रकम मूलसमारोह समितिका पदाधिकारी, संघका केन्द्रिय सदस्यहरुकै व्यक्तिगत सहयोग, विभिन्न प्रायोजकहरुबाट संकलन हुने बताएको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि फणिन्द्र प्रसाद जंगम संयोजक, बुद्धिमान स्याङतान- उप-संयोजक, दिना श्रेष्ठ- सदस्य सचिव तथा सदस्यहरु- विद्यान जोशी,  प्रमोद अधिकारी, धनेन्द्र कुमार श्रेष्ठ, जय के.सी संजय लामा र सुनिता शाही रहेको मूलसमारोह समितिले गठन गरिएको छ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..