राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेपलान्चोकले स्थापना दिवसको अवसर पारी जिल्लाको पालिकाहरुमा विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रे जिल्ला सभापति तथा बागमती प्रदेश सदस्य प्रबिन कुमार ढकालको अनुसार काभ्रे जिल्लाका नगरपालिका र गाउँपालिकाहरुमा असारको पहिलो साताभरमा रक्तदान, सरसफाई, बृक्षारोपण, जनचेतनामूलक कार्यक्रम, तथा कानुन र राजनीतिको बिषयमा बिशेष प्रशिक्षण पस्चात शुभकामना, चियापान कार्यक्रम गर्ने बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले देशै भर यी र यस्तै कार्यक्रमको तयारी गरि पार्टीको दोस्रो स्थापना दिवस मनाउन लागेको हो। ढकालले जिल्लाभरका पार्टी सदस्य, शुभेच्छुक, केन्द्र, प्रदेश, क्षेत्रीय, पालिका, वडा समितिहरुको सँग समन्वय गरि कार्यक्रमहरु संचालन भइरहेका बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले अघिल्लो बर्ष एकै दिन एकै समयमा
सबै पालिकामा सरसफाइ अभियान, बृक्षारोपन र रक्तदान गरेको थियो ।

हेर्नुस् काभ्रे जिल्लामा तय भएका कार्यक्रमहरु

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….