सन्तोष प्रसाद तिवारी । नेपाल पत्रकार महासंघको २०८१ वैशाख २१/२२ गतेको २७ औं महाधिवेशनले तय गरेको जेठ २६ गतेको महासंघको आसन्न निर्वाचन किन बिथोलियाे। नागरिक अगुवाकाे सबैभन्दा ठूलो,पुरानाे र बाैद्धिक संगठनहरुकाे संस्थाले चिनिएकाे नेपाल पत्रकार महासंघ सबैकाे साझा संगठन दिनानुदिन विवादीत बन्दै आफ्नो मर्यादा ,विश्वसनीयता, प्रभावकारीता गुमाएर आम नागरिकप्रतिकाे विश्वास कहिले जित्ने र देश प्रतिकाे सत्य,निष्पक्ष ,स्वतन्त्र अभिव्यक्तिकाे दायित्व बहन कहिले गर्ने । प्रेस स्वतन्त्रताकाे आधार सुरक्षित र व्यावसायीक पत्रकार भन्ने नारा, नारा मै त सिमित हुने हाेईन।

यदि महासंघ नेतृत्वले आफ्नो साझा चरित्र बचाउने र मिडियाका समस्या समाधान गर्ने हाे भने सर्वप्रथम महासंघले नीतिगत, कार्ययोजना र संरचनागत सुधारका लागि बहस गरी प्रेस-स्वतन्त्रताको रक्षा, विकास र विश्वसनीयताका लागि सबैलाई एक जुट भई अगाडि बढ्न आह्वान गर्नुपर्छ । नेपाल पत्रकार महासंघलाई पार्टीको भातृ संगठनको रूपमा लान खाेजियाे भने,यसले कहिल्यै पनि आफ्नो अस्तित्व ,सम्मान र पुर्णता प्राप्त गर्न सक्दैन । त्यसैले पत्रकारहरूको साझा र प्रभावशाली महासंघ बनाउने हाे भने एकफेर सम्पूर्ण श्रमजीवी पत्रकारहरुले गम्भीरतापूर्वक साेचेर हस्तक्षेपकारी बाटो अपनाई आफ्नो बाैद्धिकतालाई तिखार्दै महासंग्राममा जानुुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul