पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी यहीँ शुक्रबार १४ गते धुलिखेल आउने भएकी छिन् । मदन जयन्ती समारोहमा भाग लिन भण्डारी धुलिखेल आउन लागेकी हुन् । मदन भण्डारी फाउण्डेशन काभ्रेको आयोजनामा पुर्व राष्ट्रपति भण्डारीको प्रमुख आतिथ्यतामा जन्म जयन्ती मनाउन लागिएको हो ।

२००८ सालमा जन्मिएका मदन भण्डारीको ७३ औ जन्म जयन्तीका अवसरमा फाउण्डेशनले देशभर विविध कार्यक्रमको आयोजना गर्दैछ। मदन भण्डारी फाउण्डेशन काभ्रेको अध्यक्ष कुमार तिमल्सिनाको अनुसार पुर्व राष्ट्रपति एवं मदन भण्डारी पत्नि विद्यादेवी भण्डारी मदन जयन्तीको अवसरमा काभ्रे आउने लागेको बताए ।

धुलिखेल नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा एमालेका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहने बताईएको छ । एमाले काभ्रे तथा मातहतका कमिटीहरुलाई मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागि हुन अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..