पछिल्लो समय साहित्य, कविता तथा गीतलेखनमा चम्केको नाम हो मातृका भण्डारी (मुना) । मुसुक्क हाँस्ने, नम्र बोल्ने अग्रजलाई सम्मान आफु भन्दा सानालाई माया गर्ने, दुखिःहरुलाई आफुले सकेको सहयोग गर्ने बानीले गर्दा सबैकि प्रिय छिन् साहित्यकार, कवि, तथा गीतकार मातृका भण्डारी (मुना) ।

बिगत ४ दशक भन्दा लामो समय देखि निरन्तर साहित्य र गीती लेखनमा समय व्यतीत गरेर आफ्नो छुट्टै पहिचान बनाएकी मुनाले अहिलेको अन्तराल सम्म उनको लेखनमा केहि पुस्तकहरु बजारमा आए, आधा दर्जन भन्दा बढी उनकै रचना र संगीतमा गीतहरु पनि बजारमा आए कति पय गीत आंशिक रुपमा चर्चा कमाए ।

केहि गीतहरु र पुस्तकहरु भने बजारमा आएका छैनन् आउँन बाँकी छन् । मुना भने निरन्तर साहित्य, कविता, र गीती लेखनमा ब्यस्क्त छिन् । उनले रचना गरेका कतिपय गीतहरुमा अरु गायकहरुले पनि आवाज दिइसकेका छन् । उनि साहित्य तथा गीती लेखन संगसंगै संगीत पनि गर्ने गर्छिन् भने, आफै रचना र आफै संगीत गरेका केहि गीतहरुमा उनि आफैले पनि स्वर भरेकी छन् । त्यसैले उनलाई बहुप्रतीभाकि धनि साहित्यकार,कवि, तथा गीतकार भन्दा फरक नपर्ला ।

आउनुहोस् उनले रचना गरेका केहि, साहित्य, कविता ग्रन्थ, र गीतका बारेमा पनि छोटो चर्चा गरौँ.. उनले सर्वप्रथम (मनका छालहरु) साहित्य रचना (किताब) बजारमा सार्वजनिक गरिन जसमा एकै पुस्तकमा कबिता, गीत, गीती कथाहरु, शायरी, पारिवारिक कथाहरु, आमाका संघर्षका कथाहरु, साथै बिभिन्न सम–सामाहिक लेखहरु एकै पुस्तकमा भएका कारण पनि उक्त किताब बजारमा लोकप्रिय रह्यो ।

त्यसपछि साहित्यकार, कवि, गीतकार मुनाले आफ्नै बुवा समाजसेवी÷ शिक्षासेवी स्वर्गीय गोबिन्द घिमिरेको नाममा बुवाले जीवनमा गरेका संघर्षलाई कथाको रुपमा (स्वर्गीय गोबिन्द घिमिरे) स्मृति ग्रन्थ, किताब बजारमा ल्याईन, त्यसपछि,(जूनकिरीको उज्यालो) नामक कबिता संग्रह बजारमा ल्याइन् ।

उक्त कबिता संग्रह पनि कबिता मन पराउने पाठकहरु बीच निकै नै लोकप्रिय रह्यो, साथै उनले आफ्नै शब्द रचना तथा संगीत स्वरमा १० वटा भन्दा बढी गीतहरु बजारमा ल्याएकी छन्, जसमा निष्ठुरी साइँला, मन परेको माया, अतितको पोका, नेपाली हौँ हामी, कस्तो छ स्वर्ग, उक्त गीतमा शब्द भने साहित्यकार गणेश घिमिरेको रहेकोछ । संगीत÷स्वर मुनाकै रहेको छ, आमालाई सम्झिदा, हौँ हामी पूर्वेली, सानीको जिन्दगि, एउटा प्यारो साथि, तीजै आयो ।

लगायत गीतहरु सार्वजनिक भएका छन्, भने अन्य अरु गीतहरु आउने तयारीमा रहेको जानकारी दिंदै साहित्यकार÷गीतकार मातृका भण्डारी (मुना) भन्छिन ‘म एक कर्मशिल नारी हुँ । म फलको आश नगरी निरन्तर साहित्य र गीती रचनामा लागी रहेको मान्छे, म चर्चा भन्दा पनि थोरै पढून तर मेरो रचना खोजि खोजि पढून भन्ने चाहँन्छु, म खुशी छु, जतिले मलाई चिन्नु भाको छ । यो मुनाले राम्रो लेख्छ भनेर चिन्नु भाकोछ, म त्यसमा खुशी छु । प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागी अरबिन्द्र गौतमले गरेको कुराकानी

 

० आज भोलि के मा व्यस्त हुनुहुन्छ ?
साहित्य, कविता, र गीत लेख्नमा रुचि राख्ने म अहिले त्यस्तै कबिता र गीति लेखनमै व्यस्त छु । एउटा गीत लोकप्रिय गायिका अन्जु पन्तको लागि तयार गर्दै छु ।

० साहित्य ,कविता गीती लेखनको अलावा के गर्नु हुन्छ ?
त्यस्तो फिक्स काम भनेर केहि छैन एक गृहिणी हुँ, अझै साहित्य , कविता र गीती लेखनमा अझै उत्कृष्ट कसरी लेख्ने भनेर निरन्तर मेहनत गरिरहेकी छु ।

० साहित्य, कविता र गीति लेखन यात्रामा कसरी लाग्नु भयो ?
सानै देखि, साहित्य, कविता, पढ्ने गीतहरु सुन्ने बानि थियो, पुराना अग्रज साहित्यकार, कविहरुका लेखहरु पढ्थे, र पुराना गीतकारहरुका गीतहरु रेडियोमा गुन्जिदा आफुलाई पनि लेख्ने चाहाना बढ्दै गयो अनि लेख्न थाले, पछि सिक्नु पर्छ भन्ने लाग्यो । अग्रज साहित्यकार कबिकार गीतकारहरुको संगत बढ्दै गयो बिस्तारै, साहित्य, कविता गीतीलेखनको यात्रा सुरु गरियो ।

० तपाईलाई साहित्य, कविता, गीत कस्तो होस जस्तो लाग्छ?
साहित्य, लेखले जुन बिषयमा लेखिन्छ त्यो लेखले त्यो बिषय पूर्णता बोलेको हुनुपर्छ, त्यो पनि मधुर मिठास तरिकाले, कविता पनि सुन्दा आनन्द आवोस र सुन्नेवाला व्यक्तीले कविताले भन्न खोजेको के हो । त्यो सजिलै बुझोस्, गीत होस् वा संगीतमा सजिलै मनका कथा ब्यथा प्रेम भाव झल्किने हुनुपर्छ ।

० के साहित्यकार, कवि, गीतकारहरु यहि क्षेत्र बाट नै बाँच्न सक्छन् जस्तो लाग्छ तपाईंलाई ?
साहित्य, कविता लेखन, गीतीलेखनलाई साधना मानेर तल्लिन भएर लाग्नुपर्छ सिक्नु पर्यो, र आफ्नो विधामा पोख्त हुनु पर्यो, साहित्य भनौ जुन आफ्नो विधा छ, त्यसमा राम्रो ज्ञान भयो भने त्यो ज्ञान अरुलाई बाँडेर पनि बाँच्न सकिन्छ । बाँच्नका लागि मात्रै त दुखै छैन ।
० कसको प्रेरणाले साहित्य, कविता लेखन, र गीतीलेखनमा लाग्नु भयो ?
बरिष्ट साहित्यकार अनिल पौडेल गुरु, साहित्यकार दाजु गणेश घिमिरेको साथ प्रेरणाले अगाडी बढे भन्नु पर्छ । अनि पुराना साहित्यकारहरुको लेख रचना पढियो, पुराना गीतकारका गीतहरु गायकले गाएका सुनियो मन पर्थ्यो आपÞmुले पनि त्यस्तै गरि लेख्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो, साहित्य, कविता, गीतीलेखन चाह बढ्यो अनि लागियो यस क्षेत्रमा ।

० यस क्षेत्रमा लाग्नको लागी तपाईलाई घर परिवारबाट कतिको साथ सहयोग मिलेको छ ?
घर परिवारबाट एकदम साथ सपोट छ मलाई, श्रीमानबाट आफन्तजन, छोराबुहारी दिदिबैनी सबैबाट मलाई साथ छ ।

० पछि गएर के गर्न योजना बनाउनु भएको छ ?
साहित्य, कविता लेखन, र गीतीलेखनमा एकदम फरक गर्न मन छ । यस्तो लेख्न मन छ कि यस्तो किसिमको त मात्रिकाले मात्रै लेख्छ है भन्ने होस्, यस्तो योजना बनाएकी छु हेरौं कत्तिको पुरा हुन्छ ।

० अन्त्यमा के भन्न चाहानुहुन्छ ।
सर्व प्रथम हामीले नेपाली साहित्य, कविता, गीतलाई माया गर्नु पर्छ, हामी नेपाली हौँ यो भुल्नु हुँदैन, अन्त्यमा ः मलाई यस साहित्य, कविता, गीत लेख्नमा साथ हौशला, माया दिने मेरो श्रीमान्, मेरो परिवार मेरा आफन्तजन गुरुजन सबैलाई धन्यवाद दिन चाहन्छु ।

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..